‘धुलिखेलमा खानेपानीको भौगर्भिक सर्भेक्षण’– नगर प्रमुख


मोतीराम तिमल्सिना, काभ्रे ।

‘धुलिखेल नगरका सबै क्षेत्रमा एउटै खानेपानीको महशुल, लागत र सहभागिता हुनेछ’– नगर प्रमुख अशोक ब्याञ्जुले भन्नुभयो–‘भौगर्भिक अवस्थाका बारेमा समेत सर्भे शुरु गरिएको छ ।’ डब्लुडब्लुएफ र काठमाडौ विश्वविद्यालयको सहयोगमा जमिन भित्रको अवस्था, श्रोत र समस्याका बारेमा अध्ययन गरिरहेको उहाँले बताउनु भयो ।

धुलिखेल खानेपानी तथा सरसफाई उपभोक्ता समितिको २० औ बार्षिक साधारण सभा धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जुको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । अध्यक्ष रामेश्वर घिनाङ्गजुको अध्यक्षतामा सम्पन्न सभाले खानेपानी महसुल बढाउने निर्णय गरेको छ । रोशी जलाधार क्षेत्रको सम्भाब्यता अध्ययन, सामाजिक प्रभावको मुल्यांकन, पानीको श्रोत संरक्षण परियोजना संचालन, पानी सोस्ने रुख हटाई पानी उत्पादन गर्ने रुख रोपण कार्यक्रम, रिचार्ज ब्यवस्थापन, खानीको बैकल्पिक ब्यवस्थाका बारेमा कार्यक्रम शुरु गरिएको नगर प्रमुख ब्याञ्जुले बताउनु भयो । धुलिखेल नगरपालिकाले २०४४ साल देखि जिल्लाको भुमिडाँडा क्षेत्रबाट खानेपानी ल्याईरहेको छ । काभ्रे उपत्यकाका तीन नगरपालिका धुलिखेल, बनेपा र पनौती क्षेत्रमा पनि उक्त क्षेत्रबाट पानी ल्याउने कार्य अन्तिम चरणमा पुगेको छ ।

सभामा बोल्दै नगर प्रमुख ब्याञ्जुले धुलिखेल नगरपालिकालाई खानेपानीमा आत्मनिर्भर बनाउँदै स्वच्छ र गुणस्तरीय खानेपानीका लागि दिर्घकालीन सोच सहितको कार्यक्रम शुरु गरिएको बताउनु भयो । नेपालमै पहिलो पटक धुलिखेल नगरपालिकाले खानेपानी सम्मेलन आयोजना गरेको बताउँदै नगर प्रमुख ब्याञ्जुले खानेपानी ऐन ल्याएको जानकारी गराउनु भयो । नगरपालिकाले दुरदृष्टी राख्दै दिगो विकास लक्ष्य अनुसार पानीको गुणस्तरमा ध्यान दिएको नगर प्रमुख ब्याञ्जुले बताउनु भयो । जस अनुसार धुलिखेल नगरपालिका वडा नम्वर १ को छाँगे र वडा नम्वर ११ को धिताल टोलमा गुणस्तरीय खानेपानी उपलब्ध गराई सकिएको जानकारी गराउनु भयो ।

जसका कारण नगरपालिकाको खानेपानी ब्यवस्थापनमा राख्दै आएको गौरवलाई थप अन्र्तराष्ट्रिय क्षेत्रमा पु¥याउन सहयोग पु¥याएको बताउनु भयो । नगरपालिकाले जनप्रतिनिधि निर्वाचित भए लगत्तै एक घर एक धाराको अभियानल शुरु गरेको नगर प्रमुख ब्याञ्जुले बताउनु भयो । १ हजार ३ सय घर धुरीमा एक घर एक धारा पुगिसकेको छ भने चालु वर्षमा १ हजार ८ सय घरमा एक घर एक धारा जडान हुनेछ । ९ वटा खानेपानी योजना सचालन भईरहेको बताउँदै नगर प्रमुख ब्याञ्जुले ९ वटा अर्काे वर्ष संचालन हुने बताउनु भयो । ५ वटा डिपबोरिङ्ग सम्पन्न भएको बताउँदै उहाँले ४ वटा डिपबोरिङ्गको कार्य भईरहेको उहाँले बताउनु भयो । नगर प्रमुख ब्याञ्जुले समस्या पहिचान गरी समाधानका लागि बार्षिक योजना र कार्यक्रम तय गरिएको बताउनु भयो । दातृ विकाय, नेपाल सरकार, धुलिखेल नगरपालिकाको संयुक्त लगानीमा खानेपानीका कार्यक्रमहरु भईरहेको उहाँले बताउनु भयो ।

२०४२/२०४३ सालमा डिजाईन स्टमेट गरी २०४४ सालमा शुरु भई २०४९ सालमा निर्माण सम्पन्न भएको धुलिखेल खानेपानी आयोजना २०५० साल असार २३ गते समुदायलाई नेपाल सरकारले हस्तान्तरण गरेको थियो । गत आर्थिक वर्षमा १ करोड ९६ लाख ७५ हजार ५ सय ४२ रुपैया आम्दानी गरेको संस्थाले २ करोड ३५ लाख ८९ हजार २ सय २४ रुपैया खर्च गरेको छ । साविक धुलिखेल नगरपालिकाका केहि वडाहरुका लागि लक्षित गरी संचालन गरिएको उक्त खानेपानी हाल धुलिखेल नगरपालिकाको वडा नम्वर ३, ४, ५, ६, ७ र ८ नम्वर वडाका उपभोक्ताहरुका लागि वितरण गरिएको छ ।

२ हजार ७ सय ८३ सदस्य रहेको उक्त समितिले खारखोलाबाट दैनिक १७ लाख लिटर र आन्तरिक श्रोतबाट २ लाख लिटर गरी १९ लाख लिटर पानी वितरण गर्दै आएको छ । चालु वर्षमा ३ करोड २९ लाख १० हजार आम्दानी गरी ३ करोड १७ लाख खर्च गर्ने निर्णय गरेको छ । कार्यक्रममा सचिव बृन्द्रलाल श्रेष्ठ, कोषाध्यक्ष दयाराम यगोल, लेखा संयोजक विष्णु सापकोटाले तयार गरेको प्रतिवेदन प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा प्रदेश नम्वर ३ शिक्षा विकास निर्देशनालयका शिक्षा निर्देशक चन्द्रप्रसाद लुईटेल, प्रवन्धक रामेश्वर पराजुली, उपाध्यक्ष गिता श्रेष्ठ, पुर्व संचालक पूर्णबहादुर कर्माचार्य, पनौती नगरपालिका वडा नम्वर १२ का अध्यक्ष इश्वर जंगम लगायतले मन्तब्य राख्नु भएको थियो । कार्यक्रममा उपप्रमुख विमला शर्मा, खानेपानी उपभोक्ता समितिका पूर्व अध्यक्षहरु कृष्णभूषण खोंजु, राजकुमार तखाँक्षे, धुलिखेल उद्योग बाणिज्य संघका अध्यक्ष मञ्जुकुमार कोँजु लगायत पुर्व संचालकहरुको सहभागिता रहेको थियो ।

सभाले खानेपानी महशुल बृद्धी गर्ने निर्णय गरेको छ । घरायसी, ब्यवसायीक धाराहरुको मुल्यमा केहि बृद्धी गरिएको छ भने धरौटी, नामसारी लगायतमा अतिरिक्त शुल्क कायम गरिएको प्रवन्धक रामेश्वर पराजुलीले बताउनु भयो ।