महिलाहरुले अधिकार दावी गर्ने बेला भयो


न्युज अफ नेपाल, काठमाडौं ।

उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेले सत्ता र शासनमा महिलाहरुको सहभागिता न्यून रहेको बताएकी छिन् ।

विगत र वर्तमानलाई हेर्दा उपल्लो तहमा महिलाहरुको सहभागिता भए पनि महिलाहरुको अवस्था परिवर्तन हुन नसकेको उनले बताइन् । महिलाहरुका लागि जति आन्दोलन भए पनि सत्तामा महिलाको संख्या, उपस्थिति र सहभागिता न्यून रहेको बताईन ।

विगत र वर्तमानलाई हेर्दा उपल्लो चहमा महिलाहरुको सहभागिता छ । तर सत्ताको माथिल्लो तहमा पुग्ने वित्तिकै महिलाहरुको अवस्थामा परिवर्तन नहुने उनले भनिन् । ‘नेपालमा महिला आन्दोलन’ पुस्तकको परिचर्चा कार्यक्रममा डा. तुम्बाहाङफेले यस्तो बताएकी हुन् ।

‘बलियो बनेर बसेको पितृसत्तात्क सोचलाई उन्मुलन गर्न महिलाहरु एकजुट भएर सशक्त रुपमा अगाडी बढ्नुपर्छ ।’ उनले बताइन् ।

त्यस्तै, नेपाली कांग्रेसकी सांसद पुष्पा भूसालले ५० प्रतिशत भन्दा बढी जनसंख्या र मतदाता भएका महिलाहरुले अधिकारका लागि आन्दोलन गरेको भए पनि राजनीतिक न्यान नमागेको बताइन् । महिलाहरु अधिकार सम्पन्न दावेदार भएका कारणले पनि अधिकार मागेर नभएर दावी गर्ने समय आएको र यसको नेतृत्व उपसभामुखले गर्नुपर्ने उनको धारणा छ ।