सुभेन्द्र दास लहान।
मिस्टर एण्ड मिस सिरहाको ताज विकास साह र सुप्रिया मण्डलले हात पारेका छन् । एक महिना देखि लहान लगायत सिरहाको विभिन्न शैक्षिक संस्था, मिडिया, साँस्कृति, गीतसँगीत, कला नृत्य, ऐतिहासिक प्राकृतिस्थल लगायत मनोरमा सँगै गरिएको अभ्यासका पौष २५ गते सम्पन्न भएको छ ।
पूर्व शिक्षा मन्त्री चित्रलेखा यादवका प्रमुख आतिथ्यमा भएको मिस्टर एण्ड मिस सिरहा २०२० को फस्ट रनर अफ अरविन्द सिँह र स्वस्तिका राउत भएका छन् । त्यसैगरी सेकेन्ड रनर अफ दिव्यप्रकाश यादव र अँजना खाती भएका भएका छन् ।
मिस्टर एण्ड मिस सिरहालाई दिनेश साहले ५०—५० हजारको चेक उपलब्ध गराएको कार्यक्रम सँचालक दशरथ सुनारले बताए ।
कार्यक्रममा नेपाली काँग्रेसका सिरहा सभापति रामचन्द्र यादव , नेपाल पत्रकार महासँघ सिरहाका सभापति दिनेश्वर गुप्ता, जिल्ला उद्योग वाणिज्य सँघ लहानका अध्यक्ष अशोकलाल अमात्य, युवा नेता सरोज यादव लगायतका थिए । आजको अन्तिम कार्यक्रममा गीत सँगीत र नृत्य समेत प्रस्तुत गरिएको थियो ।











प्रतिक्रिया