मलेसियामा एक नेपालीले गरे झुन्डिएर आत्महत्या

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

शुक्रबार राती मलेसियाको सेलेङ्गर जिल्लाको केलाङ सेन्टर स्थित जिटी म्याक्स कम्पनीमा कार्यरत एक नेपालीले आत्महत्या गरेका छन् । नेपालको बारा जिल्ला सिमरा घर भएका प्रभु चौधरीले झुन्डिएर आत्महत्या गरेका हुन् ।

एक महिना अघि मात्रै छुट्टिमा घर आएर मलेसिया फर्केका चौधरीले अचानक आत्महत्या गर्नुको कारण भने खुलेको छैन ।मृतकको शव लाई पोस्टमार्टमका लागि अस्पताल लैजाने तयारी भईरहेको मलेसियाबाट पत्रकार अर्पण मगरले जानकारी दिएका छन्।

पछिल्लो तीन दिनमा मात्रै मलेसियामा चार जना नेपालीले ज्यान गुमाई सकेका छन्। जसमध्ये संखुवासभाका सन्त बहादुर गुरुङ, दोलखाका राजु श्रेष्ठ र सुर्खेतका रमेश पोखरेल रहेका छन्।