न्युज अफ नेपाल, माठमाडौँ ।
नेपालमा राप्रपा लगायत राजावादी संघ संस्थाले २९८ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस भव्य रूपले मनाउने तयारी गरिरहेका बेला राप्रपा समर्थित प्रवासी नेपाली एकता समाज अष्ट्रेलियाले पनि भव्य रूपमा पृथ्वी जयन्ती मनाउने भएको छ । ।
अष्ट्रेलियाका मुख्य शहरमा एनआरएनए तथा अष्ट्रेलियामा रहेका समाजका प्रवुद्ध वर्ग समेत सहभागी हुने उक्त कार्यक्रम सिड्निमा प्रवासी नेपाली एकता समाज अष्ट्रेलियाका अध्यक्ष अजय राजवंशीले नेतृत्व गर्नेछन्,सिडनिमा भव्यताका साथ पृथ्वी जयन्ती मनाउन लागिएको राप्रपा सिडनिका अध्यक्ष प्रमोद भण्डारीले जानकारी दिए।
त्यस्तै अर्को महत्त्वपूर्ण नेपालीहरूको वसोवास रहेको मेलवर्न शहरमा राप्रपा विधार्थि संगठनका पुर्व केन्द्रीय उपाध्यक्ष तथा अष्ट्रेलियाका वरिष्ठ उपाध्यक्ष ऋषिकेष न्यौपानेले संयोजन गर्नेछन,त्याहा महावाणिज्यदूत लगायत नेपाली समुदायको विभित्र क्षेत्रका विशिष्ट व्यक्तिको सहभागी रहने उनले वताए ।
अर्को सहर एडिलेटमा नेपाली वैज्ञानिक राष्ट्रवादि प्रखर व्यक्तित्व,लोकप्रिय संगितकर्मि प्रवासी नेपाली एकता समाज अष्ट्रेलियाका वरिष्ठ सल्लाहकार डा।रामकृष्ण निरौलाले संयोजन गर्नु हुनेछ।
त्यस्तै अर्को महत्त्वपूर्ण नेपाली वसोवास रहेको शहर व्रिसवेनमा प्रवासी नेपाली अष्ट्रेलियाका महासचिव युवा नेता मिलन आचार्य र सचिन पाण्डेले संयोजन गर्नेछन्,साथै अष्ट्रेलियाका अन्य शहरहरूमा समेत राप्रपा समर्थित राष्ट्रवादी नेपालीहरूले पृथ्वी जयन्ती भव्यताको साथ मनाउने जनाईएको छ।











प्रतिक्रिया