मानबहादुर बोहरा, बझाङ ।
देश खुला दिशा मुक्त घोषणा भईसक्दा समेत बझाङमा भने खुला ठाउँमा दिशा पिशाव गर्ने चलनको अन्त्य हुन सकेको छैन । जिल्लाको मुख्य बजार क्षेत्र भएका ठाउँमा नदि र खोला दिशा पीसावका लागि प्रयोग हुँदै आएका छन् ।
बसोबास र चहल–पहल बढ्दै गर्दा आवश्यक भएका ठाउँमा समेत शार्वजनिक शौचालयको निर्माण र प्रयोग नहुँदा खुल्ला ठाउँमा दिशा पीशाव हुँदै आएको हो ।

जिल्ला सदरमुकाम चैनपुर नजिक बाउलीखोला किनार, मौरी बजरमा तारुगाड किनार, बाग्थालामा कालंगा किनार देउरामा सेती नदि किनारमा लगाएतका ठाउँमा जानै नसकिने गरेर खुल्ला ठाउँमा दिशा गरीँदै आएको छ ।
देउरा बझाङ जिल्ला सहित, बैतडी र डोटीको पनि मूख्य व्यापारीक केन्द्र हो । पछिल्लो समय केदारस्युँ गाउँपालिकाको कार्यालय पनि देउरामा नै रहेकोले देउरामा चहल–पहल बढेको छ । तर, देउरा बजार भरीमा एउटा सम्म सार्वजनिक शौचालय छैन् । देउरामै कतिपयको घरमा समेत शौचालय छैन ।
देउरा बजारको छेउमै कालंगा खोला र सेती नदी कलकल बगी रहेका छन् । नदिको छाल सम्म नाक नथुनेर सहजै जान सकिने अवस्था छैन् । खुला ठाउँमा गरीएको दिशाले टेक्न सम्म ठाउँ छैन् । नदिको छेउमै भेटिएका एक जनाले न्युज अफ नेपालसँग भने, “घर डोटी हो । अहिले व्यापार गर्दै देउरामा भाडामा बस्दै आएको छुँ । घरमा घरबेटीले चर्पी बनाईदिएको छैन् । म त विहान–विहान सधैँ यतै सेती तिरै आउँछुँ ।”
जिल्ला सदरमुकाम चैनपुरमा पनि अवस्था त्यस्तै छ । वरीपरि बाउली खोला र सेती नदि बगीरहेका छन् । यहाँ पनि अवस्था देउराको जस्तै छ । तर, पछिल्लो समय अलिकति सुधार आएको स्थानीयले बताएका छन् । जिल्ला भित्रीने र जिल्लाबाट बाहिरीने एक मात्र सडक जयपृथ्वी राजमार्ग प्रायः सेती नदिको किनार हुँदै लगिएको छ ।
राजमार्गकै कारण बझाङमा सेती नदीको किनारमा मात्रै दर्जनौ व्यापारीक केन्द्र (स्थानीय बजार) रहेका छन् । प्रायः सबै बजार नजिक सेती नदीमा खुला शौच र फोहोर बढ्दै गएको छ । खुला ठाउँमा दिशा पिशाव गरीदा वातावरण दृगन्धीत बन्दै गएको छ । जलको रुपमा प्रयोग हुँदै आएको र केहि ठाउँमा खानको लागि समेत प्रयोग गरिदै आएको सेती नदिको पानीमा दिशा गरीन थालेपछि पानी दुषित बन्न थालेको हो ।
बझाङका अधिकांस खोला–नाला र नदिमा मात्रै नभएर केहि गाउँमा पनि खुला रुपमा दिशा पिशाव हुँदै आएको छ । पानीको अभाव, गरिवी, अशिक्षा, अज्ञानताले कतिपयलाई अझै छोड्न सकेको छैन् ।











प्रतिक्रिया