सिद्धबाबाको बलात्कार मुद्दा यसरी पुग्यो उच्च अदालतमा


काठमाडौं । बलात्कार मुद्दामा जिल्ला अदालत सुनसरीबाट धरौटीमा छुटेका चतराधामका सिद्धबाबा कृष्णदास भनिने कृष्णबहादुर गिरी र वादी सरकारी वकिलको कार्यालय दुवैले जिल्ला अदालतको आदेश कानुन सङ्गत नभएको दाबी गर्दै उक्त आदेशविरुद्ध उच्च अदालत विराटनगर पुगेका छन् । मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ ले थुनछेक वा तोकिएको धरौटी, जमानत वा ब्याङ्क जमानतमा चित्त नबुझ्ने पक्षले एक तहसम्म्म पुनरावेदनका लागि अदालतमा निवेदन दिन सक्ने कानुनी व्यवस्था छ।

दुवै पक्ष असन्तुष्ट एउटै मुद्दाका वादी र प्रतिवादीले अलग(अलग माग राखेर निवेदन दर्ता गरेपछि उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले मुद्दा पेशीमा राख्न आदेश दिएको उच्च अदालत विराटनगरका रजिस्ट्रार जितेन्द्रबाबु थपलियाले बताए। उक्त मुद्दाको पेशी आगामी बिहीवारका लागि तोकिएको छ। पेशीमा परेपछि वादी र प्रतिवादी दुवै पक्षका कानुन व्यवसायीहरुले थुनछेक बहस गरेपछि प्रारम्भिक आदेश ठीक भए नभएको बारे उच्च अदालतले अन्तरकालीन आदेश दिन्छ। तर त्यो आदेश अन्तिम निर्णय हुँदैन,ू रजिस्टार थपलियाले भने। ूउक्त मुद्धामा पनि नियमित सुनुवाइको प्रकृया अनुसार नै चल्छ।

गत पुस १४ गते जिल्ला अदालत सुनसरीका न्यायाधिश राधाकृष्ण उप्रेतीको इजलासले गिरीसँग तीन लाख रुपैयाँ धरौटी माग गरेको थियो। एक महिला अनुयायीमाथि बलात्कारको अभियोग लागेका ४६ वर्षीय गिरीलाई धरौटीमा छाड्ने जिल्ला अदालतको आदेशविरुद्ध सरकारी वकिलको कार्यालयले समेत उच्च अदालत विराटनगरमा पुस १६ गते निवेदन दिएको थियो। सरकारी वकिल के भन्छन्रु उच्च सरकारी वकिलको कार्यालयले गिरीलाई धरौटीमा छाडने जिल्ला अदालत सुनसरीको आदेश आफूहरूलाई चित्त नबुझेको बताउँदै उनलाई थुनामा राखेर मुद्दाको अनुसन्धान गर्न निवेदन दिएको जनाएको छ। उक्त निवेदनका आधारमा मुख्य न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले पुस १८ गते मिसिलसहितको कैफियत प्रतिवेदन झिकाउने आदेश दिएको थियो। कैफियत प्रतिवेदन माग्नु भनेको प्रारम्भिक आदेश न्यायसम्मत छ कि छैन भनेर मुद्दाका आधार र प्रमाणको परीक्षण गर्ने प्रक्रिया हो। उक्त मुद्दाको कैफियत प्रतिवेदन उच्च अदालत विराटनगरमा आइसकेको बताइएको छ ।

सिद्धबाबाुलाई पनि चित्त बुझेन आदेश प्रतिवादी गिरीले पनि पुस २२ गते आफू साधारण तारेखमा बसेर मुद्दाको छिनोफानो होस् भन्दै उच्च अदालत विराटनगरमा निवेदन दायर गरेका थिए। गिरी पक्षले पनि धरौटी लिने जिल्ला अदालतको आदेश खारेज गर्नुपर्ने माग निवेदनमा गरेको छ । एक २९ वर्षीया महिलामाथि बलात्कार गरेको आरोपमा सुनसरी प्रहरीमा उजुरी दिएपछि गत मंसिर पहिलो साता गिरी विराटनगरस्थित एक निजी अस्पतालमा भर्ना भएका थिए। मुटुसम्बन्धी बिरामी भएको भन्दै सघन उपचार कक्षमा उपचार गराइरहेका बेला प्रहरीले उनलाई पक्राउ गरि जिल्ला अदालत सुनसरीमा उपस्थित गराएको थियो। अनुसन्धान अवधिभर अस्पतालमै बसेका गिरी अदालतले धरौटीमा छाडन आदेश दिएको केहि दिनपछि डिस्चार्ज भएर चतरास्थित पूर्ववत आश्रममा फर्किएका थिए। गिरीले आफूमाथि लागेको आरोप अस्वीकार गर्दै आएका छन्।
बीबीसी