रक्षा मन्त्री ईश्वर पोखरेल चढेको हेलिकोप्टर आकस्मिक अवतरण


न्युज अफ नेपाल, काठमाडौँ । रक्षा मन्त्री ईश्वर पोखरेल चढेको हेलिकोप्टर आकस्मिक अवतरण गरिएको छ ।

मौसममा खराबी आएपछि रक्षा मन्त्री पोखरेल सवार नेपाली सेनाको हेलिकोप्टर पाल्पामा अवतरण गरेको हो ।

मौसमका कारण बुटवलमा हेलिकोप्टर अवतरण हुन नसकेपछि फर्काइएको सैनिक प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले जानकारी दिनुभयो ।