माघी पर्वमा सार्वजनिक विदा


न्युज अफ नेपाल, काठमाडौं ।

गण्डकी प्रदेश सरकारले माघ १ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले माघी पर्वको छेको पारेर बिदा दिने निर्णय गरेको हो । शुक्रबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै गण्डकी प्रदेश सरकारका प्रवक्ता रामशरण बस्नेतले माघ १ मा सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिनुभयो ।

गण्डकी प्रदेश सरकारले गएको वर्षमा पनि माघी पर्वको छेकोमा सार्वजनिक बिदा दिएको थियो । त्यसैगरी प्रदेश नं. २ ले माघ १ गते माघे संक्रान्तिको अवसरमा सार्वजनिक विदा दिएको छ । आज आन्तरिक मामिला तथा कानुन मन्त्रालयले एक सूचना प्रकाशित गरि प्रदेश नं। २ अन्तर्गतका सरकारी कार्यालयहरु, संघ-संस्थाहरु लगायत शिक्षण संस्थहरु समेत विदा हुने उल्लेख छ ।