बासुदेव शर्मा,जाजरकोट ।
भेरी नगरपालिकाले बालमैत्री नगर निर्माणको लागि जनप्रतिनिधि लगायत सरोकारवालाहरुलाई बालमैत्री स्थानीय शासन सम्बन्धी अभिमुखिकरण कार्यक्रम गरेको छ । दुई दिन सम्म संचालन भएको कार्यक्रमले तिन वटा महत्वप्ुुर्ण निर्णय गरेको हो ।
बालमैत्री स्थानिय शासन सम्वन्धि अभिमुखिकरण कार्यक्रमले वडा स्तरीय अभिमुखिकरणको समय तालिका निर्धारण, बालमैत्री स्थानीय शासन सम्बन्धी ८ बुँदे प्रतिवद्धता जाहेर,भेरी नगरपालिकालाई सन् २०२१ डिसेम्वरसम्म बालमैत्री नगरपालिका घोषणा गर्नका लागी मानसिक रुपमा तयार हुनुको साथै सैद्धान्तिक ज्ञान हासिल गर्नु कार्यक्रमको महत्वपुर्ण उपलब्धी भएको भेरी नगरपालिकाका निमित्त प्रशासकिय अधिकृत दल बहादुर घर्तिले वताउनु भयो ।
बर्तमान अवस्थामा मानविय नैतिकताको आवश्यकता परेकोले सन् २०२१ डिसेम्वर सम्म भेरी नगरपालिकालाई बालमैत्री नगरपालिका घोषण अभियानमा पुर्ण रुपले लाग्न नगरपालिकाका सम्पुर्ण जनप्रतिनिधि, लगाएत कार्यपालिकाका सदस्यहरुलाई निमित्त प्रमुख प्रशासकिय अधिकृत घर्तिले आग्रह गर्नु भयो ।
भेरी नगरपालिकालाई बालमैत्री नगरपालिका घोषणा गर्न गत वर्षको हिउँदे तथा विधान सभाले नितिगत निर्णय गरेकोले नगरसभाबाट पारित भएको निर्णयलाई कार्यान्वयन गर्न नगरवासी लगायत सरोकारवालाहरुले बालमैत्री नगर घोषणाको
लागि सहयोग गर्न नगर उपप्रमुख भावना भण्डारीले आह्वान गर्नुभयो ।
यस भन्दा पहिले बालमैत्री शासन निर्माण गर्दा ३९ वटा सुचक पुरा गर्नुपर्ने हुन्थ्यो भने वर्तमान स्थानीय सरकारले अलि फराकिलो बनाउनको लागी ५९ वटा सुचक पुरा गर्नुपर्ने बताएका थिए । नगरपालिकाको बालमैत्री रणनैतिक योजना भित्र रहेर सुचकहरु पुरा गर्नु पर्ने वताउँदै सहजकर्ता राजेन्द्र विक्रम शाहले योजना कार्यन्वयनको पहिलो चरणमा नगरपालिका स्तरिय र वडा स्तरिय अभिमुखिकरण, बालवालिकाको स्थिति पत्र तयार पार्नु पर्ने वताउनु भयो ।
बालमैत्री स्थानिय शासनका आधारभुत आयामहरु लगायत बाल अधिकारका सिद्धान्त र खम्वाहरुका विषयमा सैद्धान्तिक, व्यवहारिक रुपले सरोकारवालाहरुले प्रष्ट पारेका थिए । बाल अधिकारका क्षेत्रमा अन्तराष्ट्रिय स्तरमा गरेका प्रयास र कानुनी व्यवस्थाका विषयमा सहजकर्ताहरुले सहभागीहरुलाई प्रष्ट पारेका थिए ।











प्रतिक्रिया