एनआइसी एशिया बैंकको ‘सपोर्ट सेवा’ २४ सै घन्टा सञ्चालनमा

0
Shares

एनआइसी एशिया बैंकले ग्राहक सपोर्ट सेवालाई २४ सै घण्टा सञ्चालनमा ल्याएको ल्याएको छ। आफ्ना ग्राहकलाई कुनै पनि सहायता दिनका लागि बैंकले वर्षभरी नै सपोर्ट सेवा दिन लागेको बैंकले जनाएको छ यस सुविधाअनुसार बैंकले ग्राहकको गुनासो सुनुवाई गर्नुका साथै आवश्यक सूचनाहरू समेत उपलब्ध गराउने छ।

यस सेवाको प्रयोगका लागि सेवाग्राहीहरूले बैंकको आधिकारिक वेबसाइट मा गई साथीसँग लाईभ च्याट गरी वा बैंकको टोल फ्री नम्बर १६६०–०१–७७७७१ मा सम्पर्क गरी वा ईमेल गरी वा फोन नं ९८०१२२७७५५ मा मिस्ड कल गरी बैंकका प्रतिनिधिहरूसँग आफ्ना जिज्ञासा, गुनासो, सल्लाह र सुझावहरू राख्न सकिने बैंकले जनाएको छ।