रियल मेड्रिड फाइनलमा

0
Shares

लन्डन, (एजेन्सी)।

स्पेनिस फुटबलको महारथी टोली रियल मेड्रिड स्पेनिस सुपरकपको फाइनलमा प्रवेश गरेको छ।प्रतियोगिताअन्तर्गत बुधबार राति भएको खेलमा भ्यालेन्सियालाई ३–१ गोलअन्तरले पराजित गर्दै रियलले फाइनलमा स्थान पक्का गरेको हो।

साउदी अरेबियाको जेडाहास्थित किङ अब्दुल्लाह स्पोर्ट्स सिटीको मैदानमा भएको उक्त म्याचमा रियललाई जित दिलाउन टोनी क्रुस, इस्को र लुका मोड्रिचले गोल गरेका थिए। भ्यालेन्सियाकातर्फबाट भने ड्यानियल परेजो एक गोल फर्काए।