महासंघद्वारा पत्रकार हुमागाइंलाई बीमा रकम हस्तान्तरण

0
Shares

काठमाडौं, (नेस)।

सवारी दुर्घटनामा परेका नेपाल पत्रकार महासंघ काभ्रे शाखाका सभासद् एवम् प्रभातफेरी साप्ताहिकका प्रधान सम्पादक प्रह्लाद शर्मा हुमागार्इंलाई पत्रकार दुर्घटना बीमा रुकम उपलब्ध गराइएको छ।

महासंघमा बिहीबार आयोजना गरिएको एक अनौपचारिक कार्यक्रममा महासंघका उपाध्यक्ष विपुल पोख्रेलले हुमागार्इंकी श्रीमती तथा नेपाल पत्रकार महासंघ काभ्रे शाखा उपाध्यक्ष राज्यलक्ष्मी श्रेष्ठलाई ७५ हजार ३ सय ३३ रुपियाँको चेक हस्तान्तरण गर्नुभयो।

पत्रकार हुमागार्इं मंसिर ९ गते पनौती ४ बाट बनेपातर्फ आउँदै गर्दा सवारी दुर्घटनामा पर्दा टाउको गम्भीर चोट लागि सिर मेमोरियल काभ्रे र नर्भिक अस्पतालमा १४ दिन उपचारपश्चात हाल काभ्रेस्थित घरमा स्वास्थ्य लाभ गरिरहनु भएको छ।