नक्कली ४ लाख नेपाली रुपियाँ बरामद

0
Shares

काठमाडौं, (नेस)।

लामो समयदेखि राजधानीका विभिन्न स्थानमा नक्कली नोटको कारोबार गर्दै आएको गिरोहलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोबाट खटिएको प्रहरी टोलीले गोंगबुबाट ४ लाख १३ हजार नक्कली रुपियाँसहित ४ जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा कमल बुढाथोकी भन्ने कोबिराम बुढाथोकी, बलबहादुर रानामगर, आर्यन खड्का र छत्रबहादुर लिम्बु रहेका छन्। प्रहरीले उनीहरूको साथबाट नक्कली पैसा छाप्ने मेसिनसहित पक्राउ गरेको जनाएको छ।