सूर्यप्रसाद अर्याल, काठमाडौं ।
नेपालको धर्म–संस्कृतिमाथि कतिपय विदेशी शक्ति केन्द्रबाट नियोजित रूपमा प्रहार भइरहेको बेला २०७७ सालको पात्रोको विषयलाई लिएर पञ्चाङ्ग निर्णायक समितिका पदाधिकारीलाई कारबाही गर्नेसम्मको धम्की आएको छ ।
नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा नेपाल ज्योतिष परिषद्द्वारा आयोजित २२आंै वार्षिकोत्सव कार्यक्रमका प्रमुख अतिथि तथा पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष रामचन्द्र गौतमले सो कुरा सार्वजनिक गर्नुभएको हो ।
‘युरोपियन युनियनको इशारामा हाल एक तत्व लागिपरेर ज्योतिषीय सिद्धान्तविपरीत कार्य गर्दै धर्म–संस्कृतिमाथि प्रहार गरिरहेको छ ।’ –उहाँले भन्नुभयो ।
उहाँका अनुसार २०७७ सालमा ११ महिना कायम गर्नुपर्ने तथा असार १ गतेलाई दक्षिणायन संक्रान्ति र पुस १ गतेलाई उत्तरायण संक्रान्ति बनाउनुपर्नेलगायतका माग राख्दै सो समूहले यी माग पूरा नभए उहाँलगायत अन्य पञ्चाङ्गकारहरूलाई कारबाही गर्ने धम्की दिएको हो ।
सोही अवसरमा परिषद्का संस्थापक अध्यक्ष, विश्व ज्योतिष महासंघका अध्यक्ष र पञ्चाङ्गकार डा. लोकराज पौडेलले जस्तोसुकै समस्या आए पनि ज्योतिषीय संघ–संस्था ज्योतिषको सिद्धान्त र प्रतिष्ठाका लागि एकजुट भई अगाडि बढिरहेको बताउनुभयो ।
कार्यक्रममा प्राध्यापक श्रीकृष्ण अधिकारी, दक्षिण एसियाली ज्योतिष महासंघका अध्यक्ष डा. सहदेव विष्ट, नेपाल ज्योेतिष परिषद्का अध्यक्ष माधवराज पाण्डेलगायतले यसप्रकारका धम्कीको भत्र्सना गर्दै ज्योतिषीय क्षेत्रमा कुनै पनि प्रकारको कुकृत्यले स्थान नपाउने अडान राख्नुभयो ।











प्रतिक्रिया