हिमपातले जनजिवन कष्टकर


सरस्वती न्यौपाने, रसुवा ।

रसुवाको उच्च हिमाली भू—भागमा भारीमात्रामा हिमपात हुँदा जनजिवन कष्टकर बनेको छ ।

बुधबारदेखि लगातार पानीले उत्तरी क्षेत्रमा चिसो बढ्नुका साथै उच्च हिमालय क्षेत्र गोसाइकुण्ड, चोलाङपाटी, लौरीविनायक, नागथलि, चन्दनवारी धुन्चेको लेक लाङटाङ, क्याङजिङ ठुलो स्याफ्रुमा हिमपातले जनजिवन प्रभावित भएको छ ।

चिसो बढेसँगै जिल्लाका स्थानियबासि घरबाहिर निस्कन सकेका छैनन् भने कृषकहरु भने हिमपात र वर्षा भएपछि अन्नबालि सप्रेन भो भन्दै खुसी भएका छन् भने रसुवा नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङले बालबालिका बिरामीलगाएत वृद्ध, वृद्धाहरु न्यानो भएर बस्न आग्रह गर्नुभयो ।