सरस्वती न्यौपाने, रसुवा ।
जिल्लाको गोसाइकुण्ड गाउँपालिका वडा नम्बर १ थुमन गाउँदेखी दुई घण्टाको उकालो गएपछि नागथलि गुम्बा पुग्न सकिन्छ ।
समुन्द्री सतहदेखि ३ हजार ३ सय ३० मिटरको उचाइमा रहेको गुम्बा गाउँले हरुले सामुहिक रुपमा वर्षेनी नागथलि गुम्बाको पुजा गर्ने गर्दछन । गुम्बामा चन्द्र पात्रो अनुसार वैशाख र असोज महिनाको पुर्णिमाको दिन पुजा हुने गर्दछ । यो गुम्बा धेरै पुरानो हो ।
जनविश्वास अनुसार उहिले गुरु रिम्बोक्षे यस भेकमा तपस्या गर्न आएका र त्यति खेर गुरु रिम्बोक्षे आफैले पनि गुम्बा बनाउनु भएको थियो । यो गुम्बा नागथलि गुम्बादेखि उत्तर पश्चिमको कुनामा छ । गुम्बा नजिकै गुरु रिम्बोक्षले ध्यान गरेको पश्चिमपट्टि डाँडोमा रहेको चट्टानमा गुरुको पैतालाको डोब अंकित छ । त्यही चट्टानको छेवैमा पाप धर्म छुट्टाउने सुरुङ पनि छ । हाल यो सुरुङ पुरिदै गएको छ ।
गुम्बाको पछाडी पट्टिको डाँडो मुनि कहिल्यै नसुक्ने पानीको सानो मुहान रहेको छ । हिउँद र वर्षामा पानिको वहावमा कहिल्यै घटबढ हुदैन । जंगली जनावर, गोठाला र यस क्षेत्रमा आवतजावत गर्ने यात्रीहरुलाई पानीको ठुलो समस्या देखेपछि गुरु रिम्बोक्षेले तपस्या गरेर मन्त्रदद्धारा यो ठाउँमा पानीको मुल निकालेको भन्ने जनविश्वास रहेको छ । मुहानको पानीलाई पवित्र मानेर चोखो जलको रुपमा पनि प्रयोग गरिदै आएको छ ।
गुम्बाको माथिपट्टिको जंगल छेउमा खण्डोमो देवी नाच्ने चट्टानको आँगन छ । स्थानीयहरु यो ठाउँलाई खण्डोमो देवी नाच्ने स्थान भन्छन । जनश्रृति अनुसार खण्डोमोहरु त्यही चट्टानको आँगन मानी नाच्ने गर्थे रे । खण्डोमो क्षाम्सादेखी माथिको जंगलमा ढुङगे गुफाहरु छन् । गुरु रिम्बोक्षेले ती गुफाहरुमा तपस्या गर्नुभएको थियो ।
१. थु्मन गुम्बा
थुमन गाउँको बीचमा बौद्ध गुम्बा छ । यो गुम्बा धेरै पुरानो मानिन्छ । गुम्बाको निर्माण कहिले र कसले गरेको हो भन्ने स्पष्ट छैन । गुम्बा भित्र गुरु रिम्बोक्षे खण्डोमो र बुद्ध भगवानका मूर्ति छन् । गुम्बाका भित्ताहरुमा ल्वोरी र थाङका चित्र पनि छन् ।गुम्बामा पुराना धर्मग्रन्थहरु पनि रहेकाछन् । छेच्यु, घ्युमज्यारो, ठुङकर दी क्षेन साकोदावा र ङयुङने पुजा गर्छन । चन्द्र पात्रोअनुसार चैत पुर्णिमाको रातभरि गुम्बामा पुजा गरेर मानी नाचिन्छ । प्रत्येक महिनाको दशमी तिथिको दिन छेच्यु पुजा गरिन्छ ।
२. बे्रमदाङ गुम्बा
गोङगाङदेखी माथी नागथलि जाने बाटोमा रहेको बे्रम्दाङ गाउँमा पर्दछ । बे्रम्दाङ गाउँ जान साविकको चिलिमे गा.वि.स. को तातोपानी मुहानबाट दुई घण्टाको पैदलबाट पुग्न सकिन्छ । थुमन गाउँबाट तेस्रो बाटो हिँडे पछि दुईघण्टामा पुगिन्छ । स्याफ्रुबेशीबाट पाजोङ हुदै जाने हो भने ६—७ घण्टा लाग्दछ । पन्ध्र —बिस घरधुरी भएको बे्रम्दाङ गाउँ निङमो सम्प्रदायका बौद्ध अध्ययनका लागी महत्वपुर्ण मानिन्छ ।
गुम्बाको मुख्य पुजारी पनि निङमापा वंशका तामाङ लामा नै हुनुपर्ने परम्परा छ । प्रमु्ख पुजारी गाबा लामा तान्त्रिक विद्या र जडिबुटि सम्बन्धि ज्ञानमा निकै प्रख्यात नै छन् । उनि धेरै बृद्ध भइसकेका छन् । उनको धार्मिक विद्या एवं जडिबुटी को प्रयोग सम्बन्धि ज्ञान पनि लोप हुने खतरा छ । गाबा लामा चिलिमेको तातोपानी मुहान नजिकै बस्दै आउनु भएको छ । यो गुम्बामा प्रत्येक महिनाको दशमी तिथि र पुर्णिमाको दिन अन्य गाउँका गुम्बाहरुमा झै भगवान बुद्धको पुजा गरिन्छ ।
यस थुमन गाउँको उद्देशय भन्नु नै आफ्नो परम्परा संस्कृति जोगाउनु तथा कुण्डको पानीभित्र रहेको जलदेवताको पुजा गर्नु हो । गाउँको जनजिवन एवम विभिन्न स्थानहरु धार्मिक, सामाजिक, साँस्कृतिक, ऐतिहासिक र पुरातात्विक दृष्टिकोणले महत्वपुर्ण ठाउँ थुमन नागथलि लाई लिन सकिन्छ । जनैपुर्णिमाको दिन गोसाइकुण्ड पार्वतिकुण्डमा झाँक्रीसहित गीत गाएर जाच्ने चलन छ ।
गर्मी मौसम सुरु भएपछि जमिनमुनि बसेका कीरा, फटयाङग्रा बाहिर निस्किने हुनाले खेतिपाति गर्दा पशुपालन गर्दा तथा दैनिक जीवनका अन्य कामहरु गर्दा ती प्राणीहरु माथी मानिसले जानी नजानी क्षति पु¥याउन सक्छन भनेर तीनिहरुको आत्माले शान्ति पाओस तथा आफुले अन्जानमा गरेका हिंसा जन्य कामबाट मुक्ति पाउन भगवानलाई प्रार्थना स्वरुप गरिएको नाच नै मानी नाच नाचिन्छ ।
यस गाउँमा अझैपनि पुरानो परम्परा र सांस्कृतिको परम्परा र सांस्कृतिको स्वामित्व देख्न सकिन्छ भने बौद्ध र बोम्बो धर्म दुवै समान किसिमले मान्दछन । मर्दापर्दा काज किरिया (घेवा) गर्दा लामाबाट बौद्ध धर्मको विधिअनुसार गर्दछन भने अरु बेलाको दुख विमार हुँदा तथा गाउँको देवी देवताको पुजा गर्दा भने लामा वा बोम्बो दुवैबाट धार्मिक कार्यहरु सम्पन्न गर्दछन् ।
रसुवा जिल्ला अत्यन्तै रमणिय र धर्म, संस्कृतिमा अगाडि छ । ८५ प्रतिशत तामाङ वस्ती र १५ प्रतिशत मानिस अन्य जातिहरु बस्दछन । आफ्नै संस्कृतिमा रमाएका छन् । देशविदेशका आन्तरिक तथा बाहय पर्यटक यहाँका छुट्टै पहिचान बोकेको सैस्कृति हेर्न आउने गर्दछन् । यस जिल्लाभित्र विभिन्न ठाउँहरु पनि छन् जसमा भारतबाट गुरु पदम सम्भव आई बौद्ध नाथको रब्ने (रक्षा पुजा) गर्नुभयो र ज्यारोङ स्योर भनेर क्षोर्तेनको नाम राख्नुभयो र रिम्बोक्षे ले तपस्या गरि बसेको थुप्रै ओडारहरु पनि छन् ।
प्रतिक्रिया