छट्टा–छुृट्टै दुर्घटनामा पाँच काे मृत्यु


मोतीराम तिमल्सिना, काभ्रे ।

हिउँदे झरीका कारण विहिबार एकै दिन भएका छुट्टा–छुट्टै दुर्घटनामा पाँच जनाकाे मृत्यु भएकाे छ । नमोबुद्ध नगरपालिका वडा नम्वर २ सेल्फिडाँडा स्थित विपी राजमार्गमा टिफर दुर्घटना हुँदा दुई जनाकाे मृत्यु भएकाे हाे ।

रोशी गाउँपालिका वडा नम्वर ९ पानान्चेमा भएको दुध बोकेको बोलेर गाडी दुर्घटना हुँदा एक जनाकाे मृत्यु भएकाे हाे भने पनौती नगरपालिका ११ थुम्कीमा भएको स्काभेटर दुर्घटनामा दुई जनाकाे मृत्यु भएकाे प्रहरीले जानकारी दिएको छ । जिल्लामा दैनीक जसो सवारी दुर्घटनामा मृत्यु क्रम बढेको छ ।

विहिबार विहान ११ बजे पनौती नगरपालिका ११ थुम्की स्थित भित्री सडक खण्डमा सडक बिभाग भक्तपुरको आयोजनामा पाटीखर्क – ख्याकु जाने बाटो निर्माण गर्ने क्रममा सडकबाट अन्दाजी ३ सय मिटर तल सलान्दु खोलामा खसी दुर्घटना भएको थियो । स्काभेटर चालक भीरमा अड्कीएको थियो । स्थानीय र प्रहरी सहीतको टोलीले घाईतेको उद्धार गरी उपचारार्थ धुलीखेल अस्पताल पठाईएको थियो । स्काभेटरमा सवार दुई जनाको घटनास्थलमा नै मृत्यु भएको थियो ।

स्काभेटर चालक पनौती नगरपालिका वडा नम्वर ७ बस्ने बर्ष २७ का जीबन ताम्राकारको टाउको मुख र हातमा चोट लागेको छ । उक्त स्र्काभेटरमा सवार पनौती ११ का १६ बर्षिय राउत के.सी. र सिन्धुपाल्चोक जिल्ला घर भई दिदीको घरमा पनौतीमा बस्दै आएका १५ बर्षीय रोशन भण्डारीको घटनास्थलमै निधन भएको थियो ।

विहिबार दिउसो सवा ११ बजे रोशी गाउँपालिका वडा नम्वर ९ पानान्चेको भित्री सडक खण्डमा देउरालीबाट नार्के तर्फ आउदै गरेको दुध बोकेको बा ५ च ५०७४ नम्वरको बुलेरो गाडी सडक बाट एक सय मिटर तल खसी दुर्घटना भएको थियो । बुलेरो गाडीमा सवार १२ बर्षिय अनील राना मगरको उपचारमा क्रममा धुलिखेल अस्पतालमा निधन भएको प्रहरी प्रवक्ता दिपक गिरीले बताउनु भयो । दुर्घटनामा परी केहि घाईते भएका छन् ।

विहिबार दिउसो साढे १२ बजे नमोबुद्ध नगरपालिका वडा नम्वर २ सेल्फि डाँडा स्थित बिपी राजमार्गमा धुलिखेलबाट भकुण्डेबेसी तर्फ जादै गरेको वोल्ड वाईल्ड कन्ट्रक्सन प्रा.ली काठमाडौको बा २ क ५ नम्बरको मिनी आईचर टिफर अनियन्त्रित भई सडक बाट २ सय ५० फिट तल खसि दुर्घटना भएको थियो । दुर्घटनामा परी मकवानपुर टिस्टुङ पालुङ घर भएका २३ बर्षीय चालक आस्बिन बिष्ट र बिशाल खडका दुबैको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।