भ्रमण वर्षको प्रचारमा सघाउँदै स्पेनी टोली


न्युज अफ नेपाल, काठमाडौँ ।

नेपाल भ्रमण वर्ष २०२०को प्रचार–प्रसारमा सघाउन स्पेनी सरकारी अधिकारी नेपाल आएका छन् । स्पेनको एस्त्रेमादुरा प्रान्तकी संस्कृति पर्यटन र खेलकूलमन्त्री नुरिया फ्लोरेस रेडओन्डोको नेतृत्वमा स्पेनी टोली नेपाल आएको हो ।

बाजाडोज प्रान्तका पर्यटन विभागका अधिकारी, स्पेनका अन्य नगरका मेयर, व्यवसायी काठमाडौं, पोखरा र लुम्बिनी भ्रमणमा आएका हुन् । द्धिपक्षिय सहकार्य बढाउन बुधवार नेपाल आएको स्पेनी टोलीले पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, श्रममन्त्री रामेश्वरराय यादवसँग छुटाछुट्टै भेटवार्ता गरेको छ ।

मन्त्री ज्ञवाली र स्पेनी पर्यटनमन्त्री रेडओन्डोवीच विहिवार दिउँसो भएको भेटवार्ता लुम्बिनीलाई विश्व शान्तिको केन्द्रको रुपमा चिनाउने बारेमा केन्द्रित रहेको परराष्ट्रले जनाएको छ । टोलीले पूर्व प्रधानमन्त्रीद्धय झलनाथ खनाल र माधवकुमार नेपाल र पर्यटन मन्त्री योगेश भट्टराईसँग पनि भेटवार्ता गर्दैछ ।

लुम्बिनी साँस्कृतिक नगरपालिकाको निम्तोमा नेपाल आएका स्पेनी पाहुनाले लुम्बिनी क्षेत्रको समेत भ्रमण गर्नेछन् ।