माने अफ्रीकन वर्ष खेलाडी

0
Shares

लन्डन, (एजेन्सी) ।

सेनेगल तथा इंग्लिश प्रिमियर लिग क्लब लिभरपुलका मिडफिल्डर साडियो माने वर्ष २०१९ का अफ्रिकन वर्ष खेलाडी घोषित भएका छन्। पछिल्लो तीन वर्षमा शीर्ष तीनमा रहेपनि उपाधि जित्न नसकेका मानेले पहिलो पटक यस अवार्ड हात पारेका हुन्।

उनले आफ्नै क्लबका मोहमद सलाह र म्यानचेस्टर सिटीका रियाद माहरेजलाई पछि पार्दै अफ्रिकन वर्ष खेलाडीको अवार्ड जितेका हुन्।
लिभरपुलले २०१८÷१९ को च्याम्पियन्स लिग उपाधि जित्दा मानेले महत्वपूर्ण भूमिका खेलेका थिए।

सेनेगलको राष्ट्रिय टोलीबाट खेल्दै आएका मानेले राष्ट्रिय टोलीबाट पनि प्रभावशाली प्रदर्शन गरेका थिए। यसअघि सन् २००२ मा एल हाजी डियोफ उक्त अवार्ड जित्ने सेनेगलका खेलाडी बनेका थिए।

मानेले गत सिजन प्रिमियर लिगमा सर्वाधिक गोलकर्ता बन्दै गोल्डेन बुट जितेका थिए। मानेले जारी सिजन पनि इंग्लिश प्रिमियर लिगमा ११ र च्याम्पियन्स लिगमा २ गोल गरिसकेका छन्।