विभिन्न मुलुकमा भ्रमण वर्षको प्रचार शुरू

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं ।

नेपाल भ्रमण वर्षको औपचारिक शुभारम्भ भएसँगै विभिन्न मुलुकमा यसबारेको प्रचार–प्रसार शुरू भएको छ। विदेशस्थित नेपाली नियोग र दूतावासले नेपाल चिनाउने कार्यक्रमलाई जोड दिन थालेका छन्।

दूतावास र नियोगले गैरआवासीय नेपाली संघ (एनआरएनए) र नेपाली समुदायसँगको हातेमालोमा नेपाली मौलिकपन झल्किने झाँकी, र्याली, प्रचार सामग्री र विविध साँस्कृतिक कार्यक्रम शुरू गरेका हुन्।

नेपाली बाहुल्य मुलुकका सरकारी अधिकारी र व्यवासायी समेतको उपस्थितिमाझ हरेक दिनजसो भ्रमण वर्षको प्रचार शुरू भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

यही सातादेखि धेरै मुलुकमा यस्तो कार्यक्रम शुरू भएको र आगामी दिनमा पनि प्रचार प्रचारले निरन्तरता पाउने संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले जनाएको छ।

चीन, फ्रान्स, स्पेन, बेलायत, बेल्जियम, अष्ट्रिया, अस्टे«लिया, जर्मनी, क्यानडा, संयुक्त अरब इमिरेट्स (यूएई), ओमान, कतार, कुवेत, हङकङ, आयरल्याण्ड लगायतका मुलुकमा नेपाल चिनाउने गतिविधी शुरू भएको सो मन्त्रालयका अधिकारीले बताए।