फर्काइए १ सय २२ चिनियाँ

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं।

नेपालमा बसेर चीनविरुद्ध नै साइबर आक्रमण गर्ने योजना बनाएको अभियोगमा पक्राउ परेका १ सय २२ जना चिनियाँ नागरिकलाई नेपालले निष्कासन गरेको छ।

नेपाली भूमि प्रयोग गरी साइबर अपराधमा संलग्न भएको आरोपमा पुस ७ गते पक्राउ परेका ती चिनियाँ नागरिकलाई चीनले विमान चार्टर्ड गरेर बुधबार स्वदेश लगेको छ।

नेपालमा सामान्य कारबाहीपछि नेपालले निष्कासन गरेका ती चिनियाँ नागरिकलाई स्वदेश लगी चीन सरकारले कडा कारबाही गर्ने भएको छ। अध्यागमन विभागले तीमध्ये ३४ जनालाई २ हजार र ८८ जनालाई १ हजारका दरले जरिवाना तथा ४ वर्ष प्रवेश निषेधको निर्णय गरेर फिर्ता पठाएको छ।

पक्राउ परेका चिनियाँ नागरिक अधिकांश ४० वर्षभन्दा कम उमेरका रहेका छन्। फर्काइएका ती चिनियाँले माफियाको प्रलोभनमा परेर नेपाल आई साइबर अपराध गरेको प्रहरीलाई बताएका थिए।

ती चिनियाँ नागरिकमध्ये ४२ जनालाई चाइना साउदर्नको उडान नम्बर सीजेड ३००२ र ८० जनालाई चाइना इस्टर्नको उडान नम्बर ७१७६ बाट फिर्ता पठाइएको विभागले जनाएको छ।