बाजुरामा छाउपडी कुपर्था हटाउन जनचेतना अभियान


दयाराम पण्डित, बाजुरा ।

ब्याप्त छाउपडी कुपर्था हटाउन यतिवेला बाजुराका स्थानीय तहमा पनि सचेतना अभियान सुरु हुन थालेका छन् ।“ पहिले गाउँगाउँमा गएर छाउपडी कुपर्था विरुद्ध सामाजिक जनचेतना जगाउँछौं । सरसफाई र सेनेटरी प्याड लगायतका सामाग्री पनि वितरण गछों । महिनावरी भएका बस्ने महिलाको बासस्थान पनि अवलोकन गछौं । असुरक्षित देखिए तत्काल छाउगोठ भत्काउन निर्देशन दिन्छौ” बुढिगंगा नगरपािलकाका नगरप्रमुख दिपकविक्रम शाहले भन्नुभयो ।

मंगलवार देखि सुरु भएको अभियानमा नगर प्रमुख दिपकबिक्रम शाह र उपप्रमुख तारा खाती स्वंयंले सेनेटरी प्याड बोकेर आफै गाँउ पसेका हुन् । छाउपडि कु प्रथा अन्त्यको जनचेतना फैलाउनुका साथै आफै सेनेटरी प्याड बोकेर महिलालाई बितरण गर्ने गरेका छन् ।बडिगंगा नगरपािलका त्यति छाउपर्थाको धेरै समस्या छैन ३ सय ७८ घरपविारमा ३०० घरपरिवारलाई तत्काल छाउगोठ मुक्त गर्ने अभियानमा छौं नगरप्रमुख शाहले बताउनुुभएको छ ।

त्यसैगरी “बडीमालिका नगरपािलकाका वडा नं ३,४,५ र ६ गतवर्ष नै छाउपडी गोठ मुक्त गराएको र वडा न. २ र ९ छाउपडी गोठ मुक्त गर्ने अन्तिम चरणमा छौं बढिमालिका नगरपािलकाकी नगर उपप्रमुख कबिता विष्टले बताउनुभएको छ । प्रचार प्रसार मुखी भन्दापनि छाउपडी कुपर्था विरुद्ध मन भत्काउने र मनमा आत्म सुद्धी र सरसरफाई तथा सुरीषत बास्स्थानका लागि पहल गछौं , हामी यतिवेला धामीझांक्री, शिक्षक , स्वास्थ्यकर्मी मार्फत जनचेतना जगाईरहेका छौं । समुदायको मन जितेर नछाउपडि कुपर्था अन्त्य गर्छौं । ”उप–प्रमुख बिष्टले भन्नुुभयो । छाउपडी गोठमुक्त गरेका वडामा कुनैपनि महिला छाउगोठमा नबसेको दावी उपप्रमुख विष्टको छ । सामाजिक सञ्जालमा आए जस्तो छाउपडिका नाममा नगरपािलकाले आन्तरिक वजेट खर्च नगरेको विभिन्न संघ संस्थासंग समन्वय गरेर अभियान सञ्चालन गरेको उपप्रमुखले जानकारी गराउनुु भएको छ ।

त्यसैगरी छाउपडि कुपर्था हटाउन गौमुल गाउँपािलकामा पनि अभियान सञ्चालन गरेको गौमुल गाउँपालिका उपाध्यक्ष सीता थापाले बताउनुुभएको छ ।
उता बुढिगंगा नगर प्रमुख दिपकबिक्रम शाह, उपप्रमुख तारा खाति, वडा अध्यक्ष, कार्यपालिका सदस्य, स्वास्थ्य संयोजक दिपक शाहलगायतको टोली घर घरमा पुगेर छाउपडि प्रथा सम्बन्धि सन्देश फैलाइ रहेका छन् । बुढिगंगा नगरपालिका बेलकाटियाकी उमादेवी उपाध्याले भन्नुुभयो सेनेटरि प्याड त सुनेका थियौ, पहिलो पटक प्याड पाएको वताईन् । नगरपालिकाको टिम गाँउमै पुगेर बितरण गरेको उमाले बताउनुुभयो । साथै महिलाहरुलाई भेला गराएर छाउपडि कु प्रथाका बारेमा छलफल छ प्राय महिलाहरु महिनावारी भएको बेला प्याड प्रयोग गर्दैनन् नगरपालिकाले निशुल्क प्याड बितरण गरेर प्याड प्रयोग गर्न तिर महिलालाई प्रेरित गर्नमा जोड दिएकोमा उनले खुशी ब्यक्त गरिन् ।

मंगलवार मात्रनगरप्रमुख सहितको टोलीले वडा नम्बर ९ र १० का ३ सय महिलालाई सेनेटरी प्याड लगायतका साम्रागि बितरण गरेका छन् । सरसफाई साम्रागि पनि बितरण गरेका छन् । घर घरमा पुगेर सेनेटरी प्याड बितरणका साथै छाउपडि प्रथा सम्बन्धि जनचेतना फैलाउने काम गरेको नगर प्रमुखशाहले वताउनुुभयो । साम्रागि मानवीय सेवामा अनेकौ प्रयास नामक गैर सरकारी संस्थाले सहयोग गरेको थियो ।

३ सय जना महिलालाई सेनेटरी प्याड, साबुन, स्याम्फु, कम्बल गरेर ९ प्रकारको सामान बितरण गरेको नगरपालिकाले वताएको छ । नगरपालिकाको मागका आधारमा सहयोग गरेको मानवीय सेवामा अनेकौ प्रयासका अध्यक्ष भक्त राज जोशीले वताएका छन् । नगरपालिकाको यस्तो अभियान प्रत्येक गाँउमा सञ्चालन गर्ने योजना रहेको छ ।

बुढिगंगा नगरपालिकाले छाउपडि प्रथा उन्मुलन बिभिन्नअभियान सञ्चालन गरिरहेको छ । गैर सरकारी संस्था, नागरिक समाज, राजनितिककर्मी, स्थानियको सहयोगमा छाउपडि प्रथा उन्मुलन गर्ने अभियान चलाएको नगरप्रमुख दिपकबिक्रम शाहले वताउनुभयो । । नगरपालिकाले छाउपडि प्रथाअन्त्य र पुर्ण सरसफाईका लागि बिभिन्न अभियान सञ्चालन गर्दै आएको छ । सरकारले यो आर्थिक बर्षमा छात्राहरुलाई निशुल्क सेनेटरी प्याड बितरण गर्ने भनेपनि धेरै ठाँउमा भने प्याड बितरण हुन सकेको छैन् ।

छाउपडि प्रथा न्युनिकरण सँगै महिनावारी भएको बेला महिलालाई हुने जोखिम र न्युनिकरणका बारेमा बुढिगंगा नगरपालिकाले गाँउगाँउमा स्वास्थ्यकर्मी सामाजिक परिचालक परिचालन गरेको वताइएको छ । यसैगरी जिल्लाका नौ वटै स्थानीयतहमा सामाजिक सचेतनाका अभियान सञ्चालन गरेका छन् । विगतको तुलनामा उल्लेखनीय सुधार आए तापनि धामीझांक्रीको घरमा भने भनेजति सुधार नआएको महिला अधिकार कर्मीले बताएकी छन् ।