स्तन क्यान्सरको सफल शल्यक्रिया


न्युज अफ नेपाल, विराटनगर
बिराटनगर स्थित नोबेल शिक्षण अस्पतालमा स्तन क्यान्सरको सफल शल्यक्रिया गरिएको छ । मोरङको बेलबारी–४ लामपानेकी ४४ बर्षीया अलन कुमारी माझीको दाहिने स्तनमा भएको क्यान्सरको सफल शल्यक्रिया गरिएको हो ।

क्यान्सरको संक्रमण फैलिएको स्तन र काँखी मुनीको गाँठोसमेत शल्यक्रियाको माध्यमबाट सफलतापूर्वक निकालिएको नोबेल शिक्षण अस्पतालका शल्यचिकित्सक डा.ओम बिक्रम शाहले जानकारी दिनुभयो । माझीको स्तनमा करिव एक बर्ष अघि सानो घाउ निश्किएको थियो । त्यो बढ्दै गएपछि परिक्षण गराउँने क्रममा क्यान्सर भएको पत्ता लागेको थियो ।

घाउको उपचारका लागि नोबेल आईपुगेका उनीहरु क्यान्सर ‘थ्री स्टेज’ मा पुगेको थाहा पाएपछि आत्तिएका थिए । तर, अन्तत शल्यक्रिया सफल भएपछि बिरामी र बिरामीका आफन्त हर्षित भएका छन् । नोबेलका शल्यचिकित्सक डा.शाह नेतृत्वको चिकित्सकहरुको टोलीले शल्यक्रिया गरेको हो । शल्यक्रिया पश्चात अव बिरामीको किमो थेरापी र रेडियो थेरापी गराउँँनु पर्ने डा.शाहले बताउनुभयो ।

उहाँका अनुसार अप्रेशन गराउँन ढिलाई भएको भए क्यान्सरको संक्रमण शरिरका अन्य भागमासमेत फैलिएर बिरामीको ज्यान नै जान सक्थ्यो । तर, अप्रेशन पश्चात अब सोहि क्यान्सरकै कारण बिरामीको मृत्यु हुँने जोखिम टरेको डा.शाहको भनाई छ । नोबेलमा यसअघि पेनक्रियाज क्यान्सरको पनि सफल शल्यक्रिया गरिएको थियो ।