यूएन मिशनहरुमा रहेका नेपाली सेनालाई सतर्क रहन निर्देशन


न्युज अफ नेपाल, काठमाडौँ ।
सैनिक जनसम्पर्क निर्देशनालयले  बुधबार एक विज्ञप्तिमार्फत  शान्ति स्थापनार्थ यूएन मिशनहरुमा रहेका नेपाली सेनालाई सतर्क रहन निर्देशन दिइएको छ ।

इस्लामिक रिभोलुसनरी गार्ड क्रप्सका प्रमुख कासिमी सुलेमानीको हत्यापछि ईरानले ईराकमा तैनाथ अमेरिकी सेनाका विभिन्‍न वेशहरुमा मिसाईल आक्रमण गरेको समाचार बाहिरएपछि शान्ति स्थापनार्थ यू.एन. मिशनहरुमा रहेका नेपाली सेनाका युनिटहरुलाई आवश्यक सुरक्षा सतर्कता अपनाउन निर्देशन दिएको हो ।

यूएनएएमआइ मिसन ईराकमा रहेका नेपाली सेनाको गार्ड यूनीट लगायत युएनएफआइ मिशन लेवनान र युएनडीओएफ मिशन सिरियामा रहेका नेपाली सेनाका युनिटहरुलाई विशेष सुरक्षा सतर्कता अबलम्वन गर्न, परिस्थितिको निरन्तर अनुगमन गर्न तथा मिशन हेडक्वाटर र शान्ति सेना सञ्‍चालन निर्देशनालयसँग निरन्तर सम्पर्कमा रहन निर्देशन समेत दिइएको छ ।

संयुक्त राष्ट्र संघको सहयोग मिसन अन्तर्गत नेपाली सेनाको गार्ड युनिट इराकको किरकुक र इरबिलमा खटिएको छ।