श्रीमानद्धारा श्रीमतीको हत्या


यमलाल भुसाल, बुटवल ।

रुपन्देहीको सियारी गाउँपालीका वार्ड नं. १ मा श्रीमानद्धारा श्रीमतीको हत्या गरेको छ ।

यही पुस २२ गते मंगलवारका दिन सियारी गाउँपालीका वार्ड नं. १ स्थित सुर्यबहादुर कुंवरको घरमा डेरा गरी बस्ने सोही गाउँपालिका वार्ड नं.३ स्थायी घर भएकी बर्ष ३० की कान्छी सुवेदी भन्ने चम्पा क्षेत्री कुमाललाई बर्ष ३२ को सनी कुमालले हत्या गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

रुपन्देहीका प्रहरी प्रवक्ता सूचना अधिकृत प्रनाउ खडकबहादुर खत्रीका अनुसार मृतकलाई निजकै श्रीमान सनी कुमालले फलामको हेम्मरले टाउको, अनुहार, छातीपेट समेतमा प्रहार गरी कर्तव्य गरी मारेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएकोले कुमाललाई प्रहरी नियन्त्रणमा लिई अनुसन्धान भैरहेको जनाएको छ ।