न्युज अफ नेपाल, काठमाडौँ ।
सन् २०२० को सुरुवातसँगै अष्ट्रियाको राजधानी भियना स्थित नेपाली राजदुतावासले नेपाल भ्रमण वर्षको प्रचारप्रसार सुरु गरेको छ।
नेपाल सरकारले आव्हान गरेको विश्वभरका नेपाली नियोग, राजदुतावासहरुले नेपाल भ्रमण वर्ष २०२० को लागी प्रचारप्रसार शुरुवात गर्न लागेका हुन ।
यसै अवसर पारेर अष्ट्रियामा रहेका विभिन्न संघसंस्थाका प्रतिनिधिहरु र विशिष्ट व्यक्तिहरुको बिचमा अष्ट्रिया र केहि छिमेकी देशका समेत कार्यभार सम्हाल्नु भएका राजदुत प्रकाश कुमार सुवेदीले जनवरी ६का दिन भ्रमण वर्षको शुभारम्भ गर्नु भएको हो ।
प्रतिक्रिया