नबिल बैंकको ३४ प्रतिशत लाभांश पारित


नबिल बैंकको ३५औं वार्षिक साधारण सभाले बैंकको सञ्चालक समितिले सिफारिस गरे बमोजिम तथा नेपाल राष्ट्र बैंकको स्वीकृतिअनुसार गत आर्थिक वर्षको मुनाफाबाट नगद लाभांश २२ प्रतिशत र बोनस शेयर १२ प्रतिशत दिने प्रस्ताव पारित गरेको छ।

बैंकले गत आवमा ४ अर्ब २४ करोड रुपियाँ नाफा हासिल गरेको थियो। बैंकले जेथामा प्रतिफल १७.७६ प्रतिशत र प्रतिशेयर आम्दानी ५०.५७ रुपियाँ हासिल गरी आफ्नो वासलात विस्तार गर्दै २ खर्ब १ अर्ब पुर्याएको छ।

बैंकको सञ्चालन मुनाफा ६ अर्ब ३ करोड रहेको छ। अघिल्लो वर्षको तुलनामा बैंककोे यस वर्षको सञ्चालन मुनाफा र खुद मुनाफामा क्रमशः ६.६१ प्रतिशत र ६.४५ प्रतिशतले वृद्धि भएको छ।

नेटवर्थ २३ अर्ब १९ करोड रहेको छ। समीक्षा बर्षको मुनाफाबाट प्रस्तावित बोनस शेयरपश्चात बैंकको पुँजी यस वर्ष १० अर्ब ९ करोड नाघेको छ।