दोषीमाथि कारबाही गर्न माग

0
Shares

काठमाडौं, (नेस)।

समाचार संकलनका क्रममा जनकपुर उप–महानगरपालिकाका मेयर लालकिशोर साहले आफ्ना सहयोगी तथा नगरप्रहरी प्रयोग गरी पत्रकारमाथि गरेको कुटपिट तथा दुव्र्यवहारको घटनाप्रति नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ।

विश्व सम्पदा सूचिमा सूचिकरणका लागि सिफारिस गरिएको जानकी मन्दिरको जग्गा अतिक्रमण भएको विषयमा मंगलबार मेयर साहसंग प्रतिकृया लिन पुगेका नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष अनिल मिश्र, उज्यालो अनलाइन डटकमका पत्रकार सुवास कर्ण, देश सञ्चार डटकमका पत्रकार राजा झालाई आफ्नो सहयोगी तथा नगरप्रहरी प्रयोग गरी कुटपिट गर्नुका साथै, कान्तिपुर टिभीका पत्रकार अमरकान्त ठाकुरलाई अपशब्द बोल्दै दुव्र्यवहार गरेको घटनाप्रति महासंघले आपत्ति जनाएको हो।

महासंघले सूचना संकलनका लागि मेयरको कार्यकक्षमा पुगेका पत्रकारमाथि भएको कुटपिट तथा दुव्र्यवहारको घटना प्रेस स्वतन्त्रताको ठाडो उल्लङ्न भएको जनाउँदै दोषीमाथि हदैसम्मको कारबाही गर्नुका साथै पत्रकारको पेशागत सुरक्षाको प्रत्याभूति गर्न सरकारसँग माग गरेको छ।