आजदेखि फेरि झरी र हिमपात

0
Shares

काठमाडौं, (नेस)।

पश्चिमी वायुको प्रभावले फेरी देशैभरी हिउँदे झरी र हिमपात दोहोरिने भएको छ। आज बुधवार बिहानदेखि शुरू हुने यस्तो प्रभाव दुई दिनसम्म जारी रहने छ।

सोमबार दिउँसो भित्रिएको वायुको असर देशैभरीको मौसम प्रभावित रहने बताउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् समीर श्रेष्ठले भन्नुभयो– ‘धेरै ठाउँमा हल्का र मध्यम वर्षासँगै उच्च पहाड र हिमाली भेगमा बाक्लो हिमपात हुँदैछ।’

सुदूरपश्चिमतर्फका धेरै भेगमा बुधबार बिहानै यस्तो प्रभाव देखिने र मध्य र पूर्वी भेगमा भने बिहान १०/११ बजेपछि हल्का र मध्यम वर्षा शुरू हुने उहाँले बताउनुभयो। शुक्रबारपछि वर्षा कमजोर हुने तर मुलुकका अधिकांश भेगको मौसम धुमिने महाशाखाले प्रष्ट्याएको छ।