हुन्डी कारोवारमा संलग्न एक पक्राउ

0
Shares

वीरगन्ज, (नेस)।

प्रहरीले अवैध वित्तीय कारोबार (हुन्डी) मा संलग्न रहेको आरोपमा एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। भारत विहार जिल्ला मोतिहारी पूर्वी चम्पारण रक्सौल बस्ने राजुकुमार श्रीवास्तव पक्राउ परेका हुन्।

वीरगन्ज–१६ रजतजयन्ती चोकबाट मंगलबार दिउँसो पक्राउ परेका श्रीवास्तवको साथबाट ४ लाख ४५ हजार नेपाली रुपियाँ बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

बीआर०१सिके ९७९६ नम्बरको स्कुटरमा भारत रक्सौलबाट वीरगन्जतर्फ आउँदै गरेको उनले रकमको स्रोत खुलाउन नसकेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डीएसपी विरेन्द्र शाहीले जानकारी दिनुभयो।