सप्ताहव्यापी स्वयम्भु महोत्सव सकियो

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं।

काठमाडौंका भएका विश्व सम्पदा सूचीमा सूचीकृत स्थानहरूको पहिचानलाई विश्वभर फैलाउन काठमाडौं महानगरपालिका क्रियाशील रहेको बताउँदै महानगरका प्रमुख विद्यासुन्दर शाक्यले, पर्यटकीय स्थानको प्रवर्धनमा सबै लाग्नुपर्ने बताउनुभएको छ।

मंगलबार स्वयम्भू भुइँखेलमा आोजयना गरिएको सप्ताहव्यापी स्वयम्भू महोत्सवको समापन अवसरमा बोल्दै मेयर शाक्यले स्वयम्भू महोत्सवले देखाएको सम्भावनालाई महानगरभरि विस्तार गरिने बताउनुभयो।

काठमाडौं बाह्य पर्यटकका लागि मात्र होइन, यहाँ आन्तरिक पर्यटनको पनि ठूलो सम्भावना छ, यसलाई महानगरले कार्यक्रमले कार्यक्रममा समेटेको छ, मेयर शाक्यको भनाइ थियो।

कार्यक्रममा बोल्ने क्रममा सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले सरकारले अघि बढाएको नेपाल पर्यटन वर्षका कार्यक्रमलाई स्वयम्भू महोत्सवले सहयोग पुर्याएको धारणा राख्नुभयो।

यसलाई विस्तार गरेर अन्य वडामा पनि पुर्याउनु पर्छ, राज्यमन्त्री मानन्धरको भनाइ थियो। यस प्रकारका कार्यक्रममा म नियमित सहभागी हुन्छु र सकेको सहयोग गर्छु, कार्यक्रममा संघीय संसद् सदस्य जीवनराम श्रेष्ठले यस प्रकारका कार्यक्रममा आन्तरिक पर्यटकीय सम्भावनालाई जोड्दै लगिने बताउनुभयो।

महोत्सवले वडावासीबीच आपसी सद्भाव बढाएको उल्लेख गर्दै महानगरका प्रवक्ता एवं वडाध्यक्ष ईश्वरमान डंगोलले भन्नुभयो– ‘यसबाट म उत्साहित भएको छु।

विश्व सम्पदा क्षेत्र स्वयम्भूको ऐतिहासिकता, मौलिकता, धार्मिक सहिष्णुता र स्थानीय जातीय विधिधताको प्रचारप्रसार गरी पर्यटन पवर्धन गर्ने उद्देश्यले महोत्सव शुरू गरेका थियौं, लक्ष्य प्राप्त गर्यौं, उहाँको भनाइ थियो।

प्रहरी र जनता एउटै हुन्।प्रहरी देखेर जनता तर्सिन पर्ने अवस्था होइन, कार्यक्रममा महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्व पोखरेलले भन्नुभयो ‘नागरिक र जनताबीच फरक छैन।

मिलेर काम गर्न सकिन्छ भन्ने महोत्सवले सन्देश दिएको छ। महोत्सव व्यवस्थापन र सवारी आवागमन व्यवस्थापनका विषयमा कुरा गर्दै महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख भीम ढकालले स्थानीय स्तरमा हुने कार्यक्रममा नागरिकको सहभागिताले सवारी सञ्चालनमा कठिन नभएको अनुभव सुनाउनुभयो।