सरकारले भत्काइदियो १५  सयभन्दा बढी छाउगोठ

0
Shares

मधुसूदन रायमाझी, काठमाडौं।

सामाजिक विकृतिको रुपमा रहेका छाउगोठहरू भत्काउने अभियानलाई सरकारले तीब्रता दिएको छ।सामाजिक कुरीतिको रूपमा छाउगोठ बस्दा महिलाको मृत्यु भएपछि छाउगोठ भत्काउने विशेष अभियान थालिएको हो।

सरकारको उक्त घोषणासँगै स्थानीय सरकार, प्रहरी र सामाजिक अभियन्ताहरूले समेत साथ दिएका छन्। प्रहरी प्रवक्ता शैलश थापा क्षेत्रीका अनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा गरी एक हजार ५ सय ३९ वटा छाउगोठ भत्काइएका छन्।

अहिलेसम्म कालिकोट, जाजरकोट, सुर्खेत, बझाङ, बाजुरा, अछाम र कैलालीका छाउगोठ भत्काइएको उहाँले बताउनुभयो। प्रहरीका अनुसार कञ्चनपुर, कैलाली, डडेल्धुरा, बैतडी, दार्चुला, डोल्पा र रुकुम पश्चिममा भने छाउगोठहरू फेला पार्न सकिएको छैन्।

यसैगरी प्रहरीले महिनाबारी प्राकृतिक कुरा हो भन्ने बुझाउन समुदाय–प्रहरी साझेदारी कार्यक्रम अघि बढाएको छ भने जिल्ला प्रशासन कार्यालयहरूले छाउ बस्ने र बस्न बाध्य पार्नेको सरकारी सेवासुबिधा रोक्ने प्रचारप्रसार गरेको छ।