जिविको पार्जन सहजताका लागी अदिया कमाउँदै


सरस्वती न्यौपाने, रसुवा ।

जिविको पार्जन सहजताका लागी भूकम्पले विस्थापित भई खाल्चेत १ मा बसोबास गर्दै आएका हाकु गोगने बासी अदिया जग्गा कमाउन थालेका छन् ।
भूकम्पबाट विस्थापित भएपछि आफ्नो थातथलो चिरा परि उब्जनि नहुने भएपछि जिविको पार्जनका लागी बोगटीटारका स्थानीय बासिन्दाको स्वामित्वमा रहेको जमिन खनजोत गरि कमाउन थालेको विस्थापित परमसिंह तामाङले बताउनुभयो ।

भूकम्प अगाडि हाकुको गोगनेमा पढाई राम्रो नहुँदा बालबालिकाहरु विद्यालय जादैन थिए भने अहिले बेत्रावति क्षेत्रमा पठन–पाठनको राम्रो व्यवस्थाले पढाईको गुणस्तर रहेको छ । खाल्चेत वगरमा बस्ने करिब २ सय घर परिवारको खोला वगरमा भएको र अधिकांशले पालेको बस्तुभाउ, कृषि उपज आधा-आधा दिने शर्तमा बाली लगाउन पाइएकाले बिहान बेलुका छाक टार्न केही सहज भएको विस्थापित परमसिंह तामाङ बताउनु हुन्छ ।

यस्तै उत्तरगया गा.पा. वडा नम्बर ५ अवस्थित त्रिशुली नदिको वगरमा रहेको बस्ती, जस्ताको टहरामा बसि अर्काको खेतबारीमा काम गर्न खेतालो जाने केही अन्य मजदुरी समेतका काम गरि खाद्यान्नको जोह गरिरहेको विस्थापित तामाङले बताउनु भयो ।

तामाङ बताउनु हुन्छ– ‘हामिले दुःख भोग्यों तर हाम्रो बालबच्चाको पठन–पाठन राम्रो रहनुका साथै शारीरीक व्यायामका लागी खेलकुद जस्ता विविध कामले गर्दा खुसी रहेका छौ ।‘