मनकारी वडाध्यक्ष


न्युज अफ नेपाल, हेटौंडा ।

हेटौंडा–५ का वडाध्यक्ष राजेश बानियाँले व्यक्तिगत खर्चमै २ सय विद्यार्थीलाई स्वेटर प्रदान गर्नुभएको हो ।
हेटौंडा–५ स्थित लक्ष्मी आधारभुत विद्यालयका विद्यार्थीलाई उहाँले बुधबार स्वेटर बितरण गर्नुभयो । चिसोबाट बच्न ससाना विद्यार्थीलाई स्वेटर बितरण गरिएको वडाध्यक्ष बानियाँले बताउनुभयो ।

आफूले निर्वाचनका बेला सामाजिक सेवा गर्ने भनेर चुनाबीसभामा बोलेअनुसार आफ्नो सम्पूर्ण पारिश्रमिक सामाजिक कार्यमा खर्च गर्ने गरेको उहाँले बताउनुभयो । चुनाबीसभामा आफूले गरेका प्रतिवद्धता पूरा गरिरहेको भन्दै उहाँले गरिब, असहाय र पिछडिएका जातजातिलगायतलाई सहयोगका कार्यक्रम अगाडि बढाउने बताउनुभयो ।

स्वेटर बितरण कार्यक्रममा विद्यालयका प्रधानाध्यापक रामहरि मैनालीले खुशी व्यक्त गर्दै सहयोगी र मनकारी वडाध्यक्ष बानियाँप्रति आभार व्यक्त गर्नुभयो । उहाँले धनमात्र भएर होइन, सामाजिक काम गर्न मन चाहिन्छ भन्ने भावना राख्दै त्यस्ता मन भएका व्यक्ति वडाध्यक्ष बानियाँ रहेको औंल्याउनुुभयो ।

कार्यक्रममा पिप्ले युवा क्लब अध्यक्ष सुशील घिमिरे, नेपाली कांग्रेस वडा सभापति यमबहादुर श्रेष्ठ, विद्यालय व्यबस्थापन समिति अध्यक्ष तारा अधिकारी, कपडा तथा तयारी पोशाक संघ मकवानपुर उपाध्यक्ष रवीन्द्र घिमिरे, कोषाध्यक्ष नेत्र खतिवडा, सदस्य जंगबहादुर बस्नेत, वडा तरुण दल अध्यक्ष रवि थापा, सदस्य रणबहादुर खनाल, शान्तिनगर टोल विकास संस्था अध्यक्ष देवी बुढाथोकी, समाजसेवी राम बिडारी, वडा सदस्य ज्ञानु थापालगायतले मनकारी वडाध्यक्ष बानियाँले गरेको कामप्रति आफू नतमस्तक बनेको बताउनुभयो । विद्यालयमा २ सय विद्यार्थी रहेको प्रधानाध्यापक मैनालीले बताउनुभयो ।