फुडमान्डुसँग एनआइसी एशियाको बैंकिङ साझेदारी


काठमाडौं, (नेस)।

फुडमान्डु प्रालिको अनलाइन फूड फेस्टिभल २०२० मा एन आइसी एशिया बैंक लिमिटेड बैंकिङ साझेदार रहने सहमति भएको छ। यस अन्तर्गत बैंकको मोबाईल बंैकिङ एप प्रयोग गरी ‘क्यूआर’मार्फत् भुक्तानी गर्दा बैंकका ग्राहक महानुभावहरूले ३० प्रतिशत छुट पाउन सकिने बैंकले जनाएको छ। यो अफर पौष २१ देखि आगामी पौष २७ गतेसम्म लागु हुनेछ।