लागूऔषधसहित साह पक्राउ

0
Shares

काठमाडौ, (नेस)।

चन्द्रागिरि नगरपालिका–२ नागढुंगाबाट अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ ४ सय ९५ ग्रामसहित पर्सा छिपरमाई गाउँपालिका–६ घर भएका शम्भु साहलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले धादिङबाट काठमाडौंतर्फ आउँदै गरेको प्रदेश ३–०१–००५ ख ९५७३ नम्बरको बस जाँच गर्ने क्रममा बसमा सवार साहले झोलामा लुकाइछिपाई ल्याउँदै गरेको उक्त परिमाणको पदार्थसहित पक्राउ गरेको हो।