पहाडीको २९औं पुस्तक बजारमा

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं।

मानव अधिकार तथा शान्ति समाजका संस्थापक सभापति एवं सर्जक कृष्ण पहाडीको जगत्मुखी जीवनमुखी सेवामुखी जिजीविषा नामक पुस्तक प्रकाशित भएको छ।

यसै वर्ष राष्ट्रिय सञ्चार माध्यममा छापिएका पहाडीका २५ वटा आलेख संग्रहित सो पुस्तक शैशव खनाल र आर्या पाण्डेका अभिभावकको सहयोगमा मानव अधिकार तथा शान्ति समाजले प्रकाशन गरेको हो।

३ सय मूल्य रहेको १ सय २२ पृष्ठको यो पुस्तक बिक्रीबाट प्राप्त हुने सम्पूर्ण रकम मानव अधिकार तथा शान्ति समाजको अभियान र कार्यक्रममा खर्च गरिने छ।

साहित्य/सिर्जना फाँटमा कृष्ण पहाडीका दुई वटा कथा संग्रह, एउटा उपन्यास, दुई वटा गीत संग्रह, दुई वटा नियात्रा, दुई वटा नाटक संग्रह, चार वटा कविता संग्रह, दुई वटा मुक्तक संग्रह र छ वटा आलेख संग्रह, जेल जर्नल, दुई वटा प्रबन्ध÷निबन्ध संग्रह, एउटा अंग्रेजी कविता संग्रह र एउटा हिन्दी कविता संग्रह गरी २९ वटा पुस्तक प्रकाशित भएका छन्।