‘सुविधानगरलाई प्लास्टिक झोला मुक्त’ बनाउने अभियान


एकिकृत उपभोक्ता संघ सुविधानगर, तिनकुनेको १६ औं वार्षिक साधारणसभा तथा अधिवेशनले तेस्रोपटक पुनः मदन शिवाकोटीकै अध्यक्षतामा ११ सदस्यीय कार्यकारीणी समितिको चयन गर्दै सुविधानगरलाई प्लाष्टिक झोला मुक्त बनाउने घोषणा गरेको छ ।

आगामी दुईवर्षको लागि सर्वसम्मत चयन भएका सो कार्यकारीणी समितिमा ६ जना पुरुष र ५ जना महिला पदाधिकारी रहेका छन् ।
संघको नवनिर्वाचित उपाध्यक्षमा हिरादेवी थापामगर सचिवमा उज्ज्वल केसी, कोषाध्यक्षमा काशीनाथ आचार्य, सह—सचिवमा मदनबहादुर थापा र सदस्यहरूमा सानु श्रेष्ठ, उर्मिला पाठक, रमेश शाक्य, लक्ष्मीमणि श्रेष्ठ, कविता मैनाली र पवतिा पौडेल छन् ।नवनिर्वाचित पदाधिकारीहरूले पद तथा गोपनियताको शपथ लिईसकेका छन् ।

नेपाली काग्रेसका केन्द्रीय सदस्य एवम् समाज डेण्टलका अध्यक्ष श्याम घिमिरे प्रमुख अतिथि बन्नुभएको उक्त कार्यक्रममा राजश्व अनुसन्धान विभागका महानिर्देशक दीर्घराज मैनाली, महानगरीय प्रहरी वृत्त नयाँबानेश्वरका प्रमुख, डिएसपि दुर्गाराज रेग्मी, ट्रिटन सेकेण्डरी स्कुलका निर्देशक राजन सुवेदी, काठमाडौं महानगरको ३२ वडाध्यक्ष नवराज पराजुली, वडा सदस्य राजेन्द्रप्रसाद न्यौपाने,संघका प्रमुख सल्लाहकार शशिविक्रम राणा, सावित्रा कडरिया खरेल,पद्म नारायण श्रेष्ठ, भुपति खड्का, लिलाराज पाठक र लवराज जोशीलगायतले नवनिर्वाचित पदाधिकारीको कार्यकालको सफलताका लागि उहाँहरूले उठान गर्नुभएको अभियानको समेत सफलताका लागि शुभकामना दिनुभएको थियो ।

संघको १६ औं वार्षिक साधारणसभा तथा अधिवेशनको अवसरमा सुविधानगर, तिनकुने क्षेत्रलाई प्लास्टिकको झोलामुक्त बनाउन संघले त्यस क्षेत्रमा रहेका करीव ३ सय घरलाई तीन/तीनवटा कपडाको झोला वितरण गर्ने कार्यको पनि थालनी शुरु गरेको छ ।

वजारबाट सामान किनेर ल्याउन विकल्पको रूपमा हाललाई प्रति घर तीन/तीनवटा कपडाको झोला वितरण गरेपछि क्रमश प्लाष्टिकको झोलाको खपत कम भई वातावरण प्रदुषण पनि नहुने संघको दावी छ ।

हालै काठमाडौंमा सम्पन्न १३ औं दक्षिण एशियाली खेलमा टेवल टेनिसतर्फ काँस्यपदक विजेता एकै परिवारका खेलाडीहरू सुविधानगर, तिनकुने निवासी रेनु कोण्डा बज्राचार्य, सुर्य भुषण बज्राचार्य, संरक्षक भुषण बज्राचार्य र सम्यक भुषण बज्राचार्यलाई पनि उक्त कार्यक्रममा सम्मान गरिएको थियो ।

उक्त समारोहमा कपडाको झोला सहयोग गर्ने निलो आकाश वचत तथा ऋण सहकारी संस्था, सन वचत तथा ऋण सहकारी संस्थालाई प्रशंसापत्र वितरण गरियो ।