कार्यकारी अध्यक्ष प्रचण्ड कदमबासमा

0
Shares

काठमाडौं (नेस)।

नेपाल कम्युनिष्ट पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सोमबार सिन्धुपाल्चोक पुग्नुभएको छ। श्रीमती सीता र परिवारका अन्य सदस्यलाई लिएर उहाँ सिन्धुपाल्चोकको कदमबासस्थित रिसोर्टमा पुग्नुभएको हो।

सोमबारै प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग सभामुख चयन प्रक्रिया र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासंग सत्य निरुपण तथा मेलमिलापका बिषयमा छलफल गरी उहाँ आरामका लागि त्यसतर्फ जानुभएको हो।