ईलामका तत्कालीन सिनियर इञ्जिनियर पक्राउ


न्युज अफ नेपाल, ईलाम ।

सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय ईलामका तत्कालीन सिनियर इञ्जिनियर पक्राउ परेका छन्।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले ईलामका तत्कालीन सिनियर इञ्जिनियर सुभास बस्नेतलाई अनुसन्धानको लागि पक्राउ गरेको हो।

काठमाडौंमा रहेका उनलाई घुस लिएको प्रमाण प्राप्त भएपछि पक्राउ गरिएको प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए।

बस्नेतले झापा जिल्लामा सडकको ग्राभेल गर्दा बिल बनाई भुक्तानी गर्दा घुस मागेको उजुरी अख्तियारमा परेको थियो।

घुस बापतको रकम बैंक खातामा जम्मा गर्न लगाएको अख्तियारले जनाएको छ।