दुई दिन सार्वजनिक बिदा


न्युज अफ नेपाल, बुटवल ।

प्रदेश नम्बर–५ सरकारले माघे संक्रान्तिको अवसरमा दुई दिन बिदा दिने निर्णय गरेको छ । माघ १ र २ गते सार्वजनिक बिदा दिने भएको छ।

मन्त्रिपरिषद्को बैठकले माघ १ र २ गते सार्वजनिक बिदा दिने भएको हो।

प्रदेश सरकारका प्रवक्ता बैजनाथ चौधरीले मन्त्रिपरिषद् बैठकको निर्णय सोमबार सुनाउँदै दुई दिन सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिए।

उनले पुस २९ गते मुख्यमन्त्री निवासमा माघी पर्व मनाउने पनि बताए।