यातायात व्यवसायी र सरोकारवालाबीच १९ बुँदे प्रतिवद्धता


न्युज अफ नेपाल, काठमाडौं ।

महानगरीय ट्राफिक प्रहरी महाशाखा, यातायात व्यवसायी महासंघ, मजदुर ट्रेड युनियनलगायत सरोकारवालाबीच आइतबार १९ बुँदे लिखित प्रतिबद्धता भएको छ।

सर्वपक्षीय छलफलपछि भएको लिखित प्रतिबद्धता ७ दिनभित्र कार्यान्वयन हुने छ।सो को कार्यन्वयन भएरनभएको अनुममन गर्न ८ सदस्यीय समिती गठन गरेको छ।

उक्त समितीमा महाशाखाका उपरिक्षक– एसपी राजकुमार वैदवारको संयोजकत्वमा यातायात व्यवशायी, मजदुर, कम्पनीरप्रालिका प्रतिनिधीहरु रहेका छन्।

१९ बुँदे प्रतिवद्धतामा निम्न छन्ः

१. तोकिएको भाडादर मात्र लिने,

२. ढोका खुल्ला गरी नचलाउने,

३.आरक्षण सिटको पालना गर्ने,

४. झ्यालको अवस्था ठिक राख्ने,

५. सिटको अवस्था ठिक राख्ने,

६. गाडीको रंगरोगन दुरुस्त राख्ने,

७. क्षमताभन्दा बढी यात्रु नबोक्ने,

८. चालक र सहचालकहरुले यात्रुसँग राम्रो व्यवहार गर्ने,

९. सवारी तिव्र गति तथा लापरबाहीसाथ नचलाउने,

१०. चालकले यात्रुसँग अनावश्यक गफ नगर्ने,

११. चालकले मोबाइल फोन प्रयोग नगर्ने,

१२. नियमित सवारी साधनको सरसफाई गर्ने,

१३. अरुलाई बाधा नपुग्ने गरि ठुलो आवाजमा म्युजिक बजाउन नपाइने,

१४. सवारी साधनमा स्टिकर तथा झल्लर नलगाउने,

१५. सवारी साधनको अवस्था ठिक राखी चलाउने,

१६. सवारी चालकले जुत्ता लगाएर मात्र सवारी चलाउने,

१७. तोकिएको ठाउँमा मात्र यात्रु चलाउने र ओराल्ने,

१८. प्रयोजन विपरित सवारी साधन प्रयोग नगर्ने र

१९. चालकरसहचालक भद्र तथा सोभनीय हुनुपर्ने ।