हत्या गरी फरार रहेका तामाङ समातिए

0
Shares

काठमाडौँ, (नेस)।

धादिङको उत्तरी भेगमा हत्या, डकैती तथा लुटपाट मच्चाई सर्वसाधारणमा त्रास फैल्याउदै आएका एक कुख्यात अपराधीलाई प्रहरीले पक्राउ गरको छ। पक्राउ पर्नेमा साइला भन्ने दुर्गाबहादुर तामाङ रहेको प्रहरीले जनाएको छ।

आफ्नो सही पहिचान बदली कास्कीको चुम्राङमा बस्दै आएको अवस्थामा केन्द्रिय अनुसन्धान ब्यूरोबाट खटेको बिशेष टोलीले तामाङलाई पक्राउ गरेको हो। फरार रहेका तामाङ दुई फरक फरक ज्यान सम्बन्धी कसूर मुद्दाका फरार प्रतिवादी हुन्।

भगवान थापाले दिएको जाहेरी अनुसार धादिङ जिल्ला अदालतबाट तामाङलाई ५ वर्ष कैद सजाय सुनाइएको थियो। उनले गत बर्षको कातिक १० गते धादिङ दार्खा १ पातले भिरमा शिव थापाको हत्या गरेका थिए।

यस्तै, तामाङले गत बर्षको मंसिर १९ गते धादिङ दार्खा १ रातमाटेमा धारिलो हतियार प्रहार गरी भिषण सिंखडाको हत्या गरेका थिए। सो घटनापछि तामाङ फरार रहेका थिए।