नेपाल फोटो प्रतियोगिता २०७६ घोषणा

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं।

फोटो जर्नालिस्ट क्लब, नेपालले नेपाल फोटो प्रतियोगिता २०७६ घोषणा गरेको छ। आइतबार कमलादीस्थित होटल रोयल सिंघीमा आयोजित पत्रकार सम्मेलनमा ग्लोबल आइएमई बैंक नेपाल तथा आइएमई समूहका अध्यक्ष चन्द्रप्रसाद ढकालले उक्त प्रतियोगिता शुुरु भएको घोषणा गर्नुभएको हो।

विभिन्न सात विधामा प्रतिस्पर्धा गराइने ७ वर्षदेखि लगातार उक्त प्रतियोगितामा भाग लिन चाहने प्रतियोगीलाई आइतबारबाटै फोटो दर्ता गराउन अनुमति दिइएको छ। दर्ता प्रक्रिया आगामी माघ १७ गते मध्यरात १२ बजेसम्म जारी रहनेछ।

फोटो अफ दि इयरलाई १ लाख रूपियाँ पुरस्कार दिइने उक्त प्रतियोगितामा सात विधामा भाग लिन पाइने छ भने व्यवसायिक र सौखिन फोटोग्राफर तथा फोटोपत्रकारले त्यसमा भाग लिन पाउने छन्।

विदेशी नागरिक तथा विदेशमा खिचिएको फोटोलाई प्रतियोगितामा समावेश गर्न पाइने छैन। खेलकुद विधाको हकमा नेपाल बाहिर खिचिएको फोटो राख्न पाइनेछ। तर उक्त फोटोमा नेपाली वा नेपाल झल्कने विषय देखिनुपर्नेछ।

क्लबको आधिकारिक वेभसाइट धधध।उवअगिद।अयm।लउ वा धधध।लउअ।उजयतयलभउब।ितचभखभ िमा गई दिइएको निर्देशनअनुसार फोटो दर्ता गर्न सकिने क्लबले जनाएको छ।

कार्यक्रममा अध्यक्ष ढकाल, डिस मिडियाका उप–महाप्रवन्धक सन्जय राजभण्डारी, शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडका वरिष्ठ प्रवन्धक सुरज राजवाहक, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका उपकुलपति गोपाल चित्रकार, नेपाल पर्यटन बोर्डका कामु निमित्त निर्देशक विमल कँडेल, अर्घाखाँची सिमेन्ट प्रालिका कामु महाप्रवन्धक रमेश थापालगायतले सम्बन्धित विषयमा मन्तव्य राख्नुभएको थियो।

फोटो पत्रकार क्लब नेपालकी महासचिव श्रुती श्रेष्ठको स्वागत मन्तव्यबाट शुरु भएको उक्त कार्यक्रममा अतिथिहरूले गत वर्षको फोटो प्रतियोगितामा समावेश फोटोहरूको संग्रह पुस्तक नेपाल ल्याण्ड अफ कन्ट्रास्ट–ख नामक पुस्तक लोकार्पण गर्नुभएको थियो।