आगलागीपछि बिचल्ली, राहत दिन शुरू

0
Shares

इलाम, (नेस)।

ग्याँस सिलिण्डर पड्केर उत्तरी इलामको सन्दकपुर गाउँपालिकामा एक घरमा आगलागि भएको छ। सन्दकपुर गाउँपालिका २ माईमझुवामा कुलबहादुर गुरुङको घरमा आगलागि भएको हो। आगलागीबाट करीब १४ लाख रूपियाँ बराबरको क्षती भएको बताइएको छ।

आगलागिबाट गुरुङको घरसहित लत्ताकपडा, गरगहना, भाँडाकँुडा, अन्नपातसहित सम्पूर्ण सामाग्री जलेर नष्ट भएको छ।
आगलागीले घरसहित सम्पूर्ण सामान जलेर खरानी भएपछि जाडोको समयमा गुरुङ परिवारको बिचल्लि भएको छ।

आफन्तकोमा आश्रय लिएर बसिरहेका गुरुङ परिवारलाई गाउँपालिकाले प्रारम्भिक रूपमा राहात वितरण गरेको छ। सोही वडाका वडाध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता गिरीराजमणि खनालका अनुसार आगलागी पीडित गुरुङ परिवारका लागि गाउँपालिकाले तत्काल प्रारम्भिक राहत वितरण गरेको जनाउनुभयो।

उहाँका अनुसार तत्कालका लागि नगद २० हजार रूपियाँसहित अन्नपात, एकसरो ओड्ने ओछ्याउने, भाँडाकुँडा वितरण गरिएको छ। यस्तै नेपाल रेडक्रस सोसाइटीले पनि सामान्य राहत वितरण गरेको बताइएको छ।