१५ केजी चरेशसहित २ पक्राउ


यमलाल भुसाल, बुटवल ।

प्रहरीले १५ केजी लागु औषध चरेश सहित २ जनालाई पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय बुटवलले आईतवार अपरान्ह साढे ४ वजेको समयमा तिलोत्तमा नगरपालिकाको वडा नम्बर ३ स्थित जानकी नगरको लक्ष्मी पथमा शंकास्पथ रुपमा हिडिरहेका दुई व्यक्तिलाई खानतलासी गर्दा नीजको साथमा लुकाई ल्याएको चरेश बरामद गरिएको प्रहरी नायव उपरिक्षक भिमलाल भटृराईले बताउनु भयो ।

प्रहरीले गुल्मी जिल्लाको रेशुगां नगरपालिका ८ का वर्ष ३०/३२ का संजय राउत र पदम थापालाई पक्राउ गरिएको प्रनाउ भटृराईले बताउनु भयो ।