१६ हजार ५ सय ९२ लाई परिवार नियोजनको अस्थायी साधन वितरण


मोतीराम तिमल्सिना, काभ्रे

नेपाल परिवार नियोजन संघ काभ्रे शाखाले एक वर्षमा जिल्ला शाखा तथा पाँचखाल उपशाखाबाट १६ हजार ५ सय ९२ जनालाई अस्थायी साधन वितरण गरेको छ । परिवार नियोजन शाखा बनेपाले गर्भपतन सम्वन्धी सेवा उपलब्ध गराउँदै आएको छ ।

एक वर्षमा सुरक्षित गर्भपतन सम्वन्धी सेवा ३ सय ४४ जनाले लिएको अध्यक्ष शु्भराज जोशीले बताउनु भयो । शाखाबाट १६ हजार २ सय ४८ जना महिलाहरुको जाँच गरेको छ भने एचआईभी-एडस सम्वन्धी परिक्षण ५ हजार ५ सय जनाको गरेको छ । महिलाहरुके सामान्य जाँच ७ हजार ३ सय ३४ जनाको गरेको छ । अध्यक्ष शुभराज जोशीले सस्था मार्फत प्रसुती सम्वन्धीको सेवा २ हजार ३ सय ७७ जना रसुत्केरी सम्वन्धी सेवा ६४ जनाले लिएको बताउनु भयो ।

नेपाल परिवार नियोजन संघ काभ्रे शाखाको ३७ औ शाखा अधिबेशन बनेपा नगरपालिकाका प्रमुख लक्ष्मीनरसिं बादेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । अधिबेशनको बन्द सत्रले पुनः दोश्रो कार्यकालका लागि शुभराज जोशीको अध्यक्षतामा नयाँ समिति निर्विरोध चयन भएको छ ।

समितिमा प्रकाश कायश्थ, लम्बोदर कायश्थ, बद्रिबहादुर कार्की, महिला सदस्यहरुमा जमुना मोक्तान, इन्द्रलक्ष्मी श्रेष्ठ, शान्ति कायश्थ, सलिश्मा कायश्थ, युवा सदस्य रेश्मा शिल्पकार र कृषा श्रेष्ठ निर्वाचित हुनु भएको छ । सहायक निर्वाचन अधिकृत सुर्दशन कर्णजितका अनुसार सबै पदहरुमा निर्विरोध भएको थियो । कार्यक्रममा पुर्व अध्यक्षहरु योगेन्द्रनाथ कर्माचार्य, सुरकृष्ण बैद्य लगायतले बधाई तथा शुभकामना ब्यक्त गर्नु भएको थियो ।

अध्यक्ष शुभराज जोशीको अध्यक्षतामा आयोजित सभामा बोल्दै नगर प्रमुख लक्ष्मीनरसिं बादेले नगरपालिकाले स्वास्थ्य क्षेत्रमा नागरिकहरुलाई सहुलियत प्रदान गर्ने उदेश्यले विभिन्न कार्यक्रमहरु गरिरहेको बताउनु भयो । संघ संस्थाहरुसँगको सहकार्यमा मोतियाविन्दुको निशुल्क अप्रेसन, महिलाहरुको विभिन्न खाले रोगको निशुल्क परिक्षण र उपचार, युवाहरु तथा अन्य रोगहरुको सेवाका लागि सहकार्यमा कार्यक्रम संचालन गरिहेको बताउनु भयो ।

परिवार नियोजनसँग सम्वन्धित कार्यक्रमका लागि पनि संस्थासँगको सहकार्यमा कार्यक्रम गर्ने उहाँले बताउनु भयो । कार्यक्रममा नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष मोतीराम तिमल्सिना, पतञ्जली योग समिति प्रदेश नम्वर ३ का अध्यक्ष ग्रुवेन तौजले, जिल्ला अध्यक्ष दमनकुमार श्रेष्ठ, हेलम्बुु यातायात सेवा समितिका अध्यक्ष राजेशकुमार श्रेष्ठ, चण्डेश्वरी साकोसका अध्यक्ष विकास बादे, बनेपा नगरपालिकाका योजना अधिकृत यज्ञ बैद्य लगायतले मन्तब्य राख्नु भएको थियो । कार्यक्रममा अध्यक्ष शुभराज जोशीको स्वागत मन्तब्य राख्नु भएको थियो भने सचिव प्रकाश कायश्थले बार्षिक प्रतिवेदन र कोषाध्यक्ष इन्द्रलक्ष्मी श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।