स्वास्थ्य केन्द्र स्थापना भएको २४ वर्षपछि एक्सरे सेवा सुरु


यमलाल भुसाल, बुटवल ।

स्वास्थ्य केन्द्र स्थापना भएको २४ बर्षपछि एक्सरे मेसिन सेवा सुरु भएको छ ।

रुपन्देहीको रोहिणी गाउँपालिका धकधई स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा भवन निर्माण भए पछि एक्सरे र भिडियो एक्सरे सेवा एकै साथ शुभारम्भ भएको हो ।
३ वर्ष अघि स्वास्थ्य सेवा विभागको सहयोगमा आएको एक्सरे मेसिन र यस वर्ष गाउँपालिकाले उपलब्ध गराएको भिडियो एक्सरे मेसिन आइतबार उद्घाटन गरी एकै साथ सञ्चालनमा ल्याएको छ ।

स्वास्थ्य केन्द्रको सेवा प्रवाहलाई थप गुणस्तरीय बनाउनका लागि एक्सरे सेवा सञ्चालनमा ल्याएको गाउँपालकाका प्रमुख सनोजकुमार यादवले बताउनु भयो ।
सेवा सञ्चालन सुरु भएसंगै रोहिणी र ओमसतियाका विरामीहरु भैरहवा र बुटवल धाउनु पर्ने बाध्यता हटेको छ । एक्सरे मेसिन नहुदा दैनिक दर्जन बढि बिरामी यस क्षेत्रबाट बाहिरीदै गएका थिए । जसलाई मध्यनजर गर्दै सेवा सुरु गरेका छौ –अध्यक्ष यादवले भन्नु भयो ।

मेसिनको उद्घाटन गर्दै नेपाली कांग्रेस रुपन्देहीका सभापति तथा पूर्व राज्य मन्त्री अब्दुल रज्जाकले उपकरणको सही सदुपयोग गर्नुपर्नेमा जोड दिनु भयो । बिरामीलाई छिटोछरितो सेवा प्रवाह गर्न उक्त मेसिनले सहयोग पुग्ने बताउँदै उहाँले स्वास्थ्य जस्तो संवेदनशील ठाँउमासेवा प्रभावकारी बनाउन आफु सदैव सहयोग गर्न तत्त्पर रहने बताउनु भयो । रेडियोलोजिस्टको व्यवस्थापनका लागि गाँउपालिकालाई आग्रह गर्दे उहाँले ओमसतिया र रोहिणी गाँउपालिकाको स्वास्थ्य सेवालाई अझै प्रभावकारी बनाउन पहल गरिने बताउनु भयो ।

अहिले प्रत्येक गाँउपालिकामा १५ श्ौया सहितको स्वास्थ्य संस्था हुनु पर्ने नेपालको निति रहेको यस धकधईमा रहेको स्वास्थ्य केन्द्रको विस्तार गर्न सबै लाग्नु पर्ने उहाँले बताउनु भयो । एकसरे सेवा सुचारु गर्नु भन्दा पनि यसको निरन्तरतानै ठूलो रहेको दक्ष जनशक्ति सहित सेवाग्राहीलाई सहि उचित सेवा दिन सरेकारवाला ले ध्यान दिन आग्रह गर्नु भयो ।

हामीसँग उपलब्ध जनशक्तिबाटै एक जनालाई तालिम दिई सेवा सुरु गरेका छौ । उद्घाटनको अवसरमा २ दिन निः शुल्क जाँच राखेका छौ । सधै रेडियोलोजिस्ट नभए पनि हाललाई साताको एक दिन भए पनि रेडियोलोजिस्ट हायर गरेर सेवा प्रदान गर्छौ स्वास्थ्य केन्द्रका अध्यक्ष बीरबहादुर क्षेत्रीले भन्नु भयो ।

२०५२ मा स्वास्थ्य चौकीको रूपमा स्थापना भएको दुई वर्ष पछि २०५४ मा स्वास्थ्य केन्द्र भएको थियो । दैनिक गर्मीमा करिब १ सय जना र जाडो याममा करिब ५० जनालाई स्वास्थ्य सेवा उपलब्ध गराउदै आएको स्वास्थ्य केन्द्र्रका प्रमुख डाक्टर उमेश गुप्ताले बताउनु भयो ।

अस्पतालले हाल इमर्जेन्सी सेवा, प्रसुती, ल्याव्रोटोरी, नि शुल्क औषधी फार्मेसी, मेन्टल हेल्थ , पोषण लगायतको सेवा प्रदान गर्दै आए पनि एक्सरे सेवा सहित पेट भित्रका समस्या लगायत सबै प्रकारको एक्सरे सेवाको थालनी गरेको छ ।