सडक दुर्घटानाका मृतकको ४ दिनपछि पोष्टमार्टम


दयाराम पण्डित, बाजुरा

हिमाली गाउँपालिकाको धुलाचौरबाट कोल्टी तर्फ आउँदै गरेको जीप बाँधु नजिकैको कालापडा भिरमा सडक दुर्घटनामा परि मृत्यु भएकाहरुको आईतवारमात्र पोष्टमार्टम गरिएको छ । शव पोष्टमार्टमका लागि शनिवार जिल्ला अस्पताल बाजुराबाट डाक्टर राजु जैशी नेतृत्वको चिकित्सकको टोली प्राथमिकस्वास्थ्य केन्द्र कोल्टी पुुगेपछि ४ ओटै शवको पोष्टमार्टम गरिएको हो ।

प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा डाक्टर नहुँदा शव पोष्टमार्टममा ढिलाई भएकोकोल्टी स्थित स्वास्थ्यकर्मीले बताए । शव पोष्टमार्टमपछि आफन्तहरुले बुझेका छन् । मृतकको आजै अन्तिम दाहसंस्कार गरिएको स्थानीय बासिन्दा छक्क मल्लले वताए ।“ कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रमा चिकित्सक नहुँदा अलि ढिलाई भएको हो ।” साहयक प्रमुख जिल्ला अधिकारी समिर भण्डारीले भन्नुभयो । कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रमा चिकित्सक नहुँदा त्यो क्षेत्रका चारवटा स्थानिय तह, हुम्ला र मुगुका बासिन्दाले समस्या भोग्दै आएका छन् ।

गत विहिबार दिउसो धुलाचौरबाट कोल्टी तर्फ आउँदै गरेकोसे १ ज १०६४ नम्बरको जिप दुर्घटना भएर कर्णाली नदिमा खसेको थियो । जिप हिमाली गाँउपालिकाको धुलाचौर बाट कोल्टि तर्फ आउदै गरेको थियो । जीप दुर्घटनामा परि ४ चार जनाको घटना स्थलमै मृत्यु भएको थियो भने अन्य ५ जना घाइते भएका थिए ।जीप दुर्घटनामा परि मृत्यु हुनेमा जगन्नाथ गाँउपालिका ५ गोत्रीका जीपमालिक तथा चालक रमेश शाही, हिमाली गाँउपालिका ६ का पवन भण्डारी, कैलाली महोन्याल गाँउपालिका ५ का दिनेश कुमार घर्ती मगर र मुगुको कर्मारोड गाँउपालिका ८ का प्रेमा लामा रहेका थिए ।

स्वामीकार्तिक गाँउपालिका ४ वाइ बस्ने १३ बर्षकि शुशिला बिक भने बेपत्ता रहेकि छन् । उनको शब खोजिरहेको प्रहरीले जनाएको छ । घाइतेलाई उपचारका लागि नेपाली सेनाको हेलिकेप्टर मार्फत कोहलपुर लगिएको प्रहरीले जनाएको छ ।

जीप कसरी दुर्घटना भयो , आधिकारिक जानकारी भने आएको छैन ।